coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल–भारत मैत्रीपूर्ण खेल: प्रसारण अधिकार एडप्याडलाई

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रसारण अधिकार एडप्याडले पाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एडप्याडसँग बिहीबार प्रसारण अधिकारको सम्झौता गरेको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरे। 

सम्झौताअनुसार २५ लाख १० हजारमा एडप्याडले प्रसारण अधिकार किनेको छ। अर्को साता हुने दुई मैत्रीपूर्ण खेललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भदौ १७ र २० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ। 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। दुवै खेल बन्द रंगशालामा हुने एन्फाले जनाएको छ। १३औं संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबरमा माल्दिभ्समा हुँदै छ। त्यसका लागि नेपाली टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ।  

प्रकाशित: ११ भाद्र २०७८ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App