२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालका ६ खेलाडीले मलेसियामा इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ जना खेलाडीले मलेसियामा हुने एमसिए वुमेन्स इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएको छ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले साे कुराकाे जानकारी दिएकाे हाे। मलेसियामा हुने सो च्याम्पियनसिपमा नेपालकी सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले सहभागिता जनाउने भएका छन्।

यी मध्ये सिता, कविता जोशी र राजमती ऐरीले सेलाङ्गर क्रिकेट एसोसिएयसनबाट खेल्ने छन् भने रुबिना, पूजा र कविता कुँवरले सरावक क्रिकेट एकेडेमीबाट खेल्ने भएका छन्।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली हालै मात्र मलेसियासग पाँच वटा सिरिज खेले स्वदेश फर्किएको छ। नेपालले सो सिरिजको उपाधि जितेको थियो।

प्रकाशित: २४ आश्विन २०८२ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App