२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

ईपीएलको मुख्य प्रायोजक बजाज पल्सर, ट्रफी पनि आजै सार्वजनिक

असोज ९ देखि २३ गतेसम्म हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईपीएलले आफ्नो मुख्य प्रायोजक बजाज रहेको सार्वजनिक गरेको हो।  

सोमबार गरिएको सम्झौता पत्रमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हस्तक्षर गरेका थिए। सम्झौता एक वर्षको हुने छ।  

सम्झौतापछि गोल्छा ग्रुपका अध्यक्ष गोल्छाले पछिल्लो समय क्रिकेट प्रति युवाको जोश बढेकाले नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा मुख्य प्रायोजक बनेको बताए। उनले भने, ‘बजाज पल्सरलाई सधैं नेपाली युवाहरुले माया गरि राख्नु भएको छ। पछिल्लो समय क्रिकेट पनि युवाहरुको जोश बनेको छ। यसैले हामीले नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलको लागि मुख्य प्रायोजक गरेका छौं।’

यो वर्षको ईपीएलमा वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिकले इपिएल खेल्ने आयोजकले सार्वजनिक गरेको छ। तर कुन टोलीबाट भने खुलाइएको छैन। यो सिजनको इपिएलमा पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदीले काठमाडौं किंग्स–११ बाट खेल्ने यसअघि नै सार्वजनिक भइसकेको छ।

आजै ईपीएलले प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेको छ। १४ दिनसम्म चल्ने प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्र्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स गरि ६ सहरका ६ फ्रेन्चाइज टोली छन्। प्रतियोगिता टियु मैदानमा हुनेछ।

प्रकाशित: २५ श्रावण २०७८ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App