४ वैशाख २०८१ मंगलबार
खेल

टोकियो ओलम्पिक: नेपालका एलेक्सले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै स्वीमङमा प्रतिस्पर्धा गरेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान बनाएका हुन्।

मंगलबार नौ वटा हिट चरण छन्। यसबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउँनेछन्।

यसअघि शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्।  

उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।

प्रकाशित: १२ श्रावण २०७८ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App