coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साग विजेतालाई एथलेटिक्स संघको नगद

नगद पुरस्कार प्राप्त गरेपछि १३ औँ सागको पदकविजेता खेलाडी

 नेपाल एथलेटिक्स संघले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता आफ्ना खेलाडीलाई सोमबार नगद पुरस्कार प्रदान गरेको छ।

संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै १३औं सागका एथलेटिक्समा पदक विजेता आठ खेलाडीलाई पुरस्कृत गरेको हो। एथलेटिक्स संघले १३औं सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गर्‍यो। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र पूर्वसभासद कल्पना चौधरी (बस्नेत) ले पुरस्कार प्रदान गरेका थिए। 

दुई वर्षअघि नेपालमा सम्पन्न १३औं सागमा नेपालले एथलेटिक्समा तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो। सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जित्दा पुष्पा भण्डारीले महिलातर्फको म्याराथनमा रजत पदक जितेकी थिइन्। यसै गरी सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्य पदक जितेका थिए। 

सोही कार्यक्रममा अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरिएको थियो। उनले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। यसै गरी केन्याको नौरबीमा आयोजना हुने वल्र्ड यु–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउनेछन्। उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। अजितले सन् २०१८ मा हङकङमा सम्पन्न एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए।

प्रकाशित: १२ श्रावण २०७८ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App