१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

मेसी बार्सिलोनामै रहने दाबी

स्पेनिस सञ्चारमाध्यमले अर्जेन्टिनी कप्तान लियोनल मेसी स्पेनिस ला लिगा क्लब बार्सिलोनामा यसअघि प्राप्त गर्दै आएको तलबको आधा रकममा थप पाँच सिजन बस्न सहमत भएको दाबी गरेका छन्।

मेसीले गत साता मात्र अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय उपाधि खडेरी तोडेका थिए। एन्जेल डी मारियाको एक मात्र गोलमा अर्जेन्टिनाले चिर प्रतिद्वन्द्वी ब्राजिललाई हराउँदै यस संस्करणको कोपा अमेरिकाको उपाधि जितेको थियो। स्पेनको खेलकुद दैनिक एल स्पोर्टयुले मेसी थप पाँच सिजन बार्सिलोनामा बस्न सहमत भएको र उनको फुकुवा रकम ६ सय मिलियन युरो तोकिएको उल्लेख गरेको छ । 

‘मेसीले प्राप्त गर्दै आएको रकममा ५० प्रतिशत कटौती गरिएको छ। अब उनका वकिलले मात्र सम्झौतापत्रमा सहमति जनाउन बाँकी छ। त्यसपछि मात्र उनको बार्सिलोना बसाइ लम्बने औपचारिक घोषणा हुनेछ,’ मार्काले उल्लेख गरेको छ। मेसीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका छन्। ३४ वर्षे मेसीले आगामी सिजनका लागि २० मिलियन युरो प्राप्त गर्नेछन्।

गत सिजन सुरु हुनुअघि मेसीले क्लब अध्यक्षलाई फ्याक्स पठाउँदै आपूm क्लब छोड्न इच्छुक रहेको बताएका थिए। त्यसलगत्तै म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मन (पिएसजी) मेसीलाई अनुबन्धित गर्न इच्छुक देखिएका थिए। बार्सिलोनाले मेसीका लागि महँगो फुकुवा रकम तोकेपछि सिटी र पिएसजी अनुबन्धन प्रक्रियाबाट अलग भएका थिए। लामो छलफलपछि अन्ततः मेसी अन्तिम पटक भन्दै थप एक सिजन क्याम्प नोउमै बस्न सहमत भएका थिए। 

बार्सिलोनाले गत सिजन ला लिगाको उपाधि जित्न सकेन। साथै टोली च्याम्पियन्स लिगको पनि अन्तिम १६ बाट अघि बढ्न सकेन। बार्सिलोनाले गत सिजनमा एक मात्र उपाधि स्पेनिस कप जितेको थियो। ‘दुवै पक्ष लामो समयका लागि सम्झौता गर्न सहमत भएका छन्,’ स्पेनका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसअघि बार्सिलोनाले मेसीलाई सन् २०१७ देखि गत सिजनसम्म गरी ४ सिजनका लागि कुल ५ सय ५५ मिलियन युरो तिरेको थियो। 

प्रकाशित: १ श्रावण २०७८ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App