१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पृथक् प्रयोगमा कठिनाइ

क्याप्शन

इटालीको जितको खुसीका साथ युरो कप २०२० रोममा सुरु भयो। संयोग के रह्यो भने इटालीले  विजेताको ताज पहिरिएसँगै वेम्बलीमा आइतबार युरो कप २०२० ले  बिट मार्‍यो।

कोभिड–१९ महामारीका कारण एक वर्ष पछि धकेलिएको युरो कप २०२० को विजेता बन्ने क्रममा इटालीले इङ्ल्यान्डको चुनौती पेनाल्टी सुटआउटमा पन्छाएको थियो। खेलको सुरुआतअघि वेम्बलीमा आइतबार सम्पन्न फाइनलदौरान बिनाटिकटका दर्शकले रंगशाला प्रवेश गर्ने प्रयास गरेका थिए। तर समग्रमा भन्दा युरो कप २०२० कोभिड–१९ महामारीका कारण मैदानबाहिर रहेका दर्शकलाई मैदान फर्काउने सुनौलो अवसर बन्यो।कोभिड–१९ महामारीका कारण सन् २०२० मा सम्पन्न सबै फुटबल गतिविधि बन्द रंगशालामा भए।

एक वर्ष पछि धकेलिएको युरो कपका सबै खेल दर्शकको उपस्थितिमा सम्पन्न भए। आइतबार वेम्बलीमा भएको फाइनलदौरान मैदानमा ६७ हजार १ सय ७३ दर्शक उपस्थित थिए। आयोजकमाथि भने भीड नियन्त्रण गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको छ। युरो कप २०२० एउटा नौलो प्रयोग थियो। पहिलो पटक कुनै पनि ठूलो प्रतियोगिता विभिन्न ११ राष्ट्रका ११ सहरमा आयोजना गरियो। युइएफएले युरो कप आयोजनाको ६०औं वर्ष प्रवेशको उपलक्ष्यमा यस पटक प्रतियोगिता विभिन्न ११ राष्ट्रका ११ सहरमा आयोजना गरेको थियो। ११ आयोजना स्थलमध्ये वेम्बली र बुडापेस्टमा दर्शकको बाक्लो उपस्थिति रह्यो।

कोभिड–१९ कै कारण विभिन्न राष्ट्रमा लगाइएको भ्रमण रोकले दर्शकले विरलै अर्कोे राष्ट्रको भ्रमण अवसर पाए। इङ्ल्यान्डले प्रतियोगितामा खेलिएका ७ मध्ये ६ खेल घरेलु मैदान वेम्बलीमा खेल्यो। वेल्सले २ खेल अजरबैजानमा खेल्यो। भ्रमणमा लगाइएकै रोकका कारण वेल्स समर्थकले अन्तिम १६ अन्तर्गत डेनमार्कविरुद्ध पराजित भएको खेलमा आम्स्टर्डमको भ्रमण गर्न पाएनन्। डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्ससन समूह ‘बी’ को पहिलो खेलमा फिनल्यान्डविरुद्धको खेलदौरान हृदयाघातका कारण मैदानमै ढलेका थिए। जुन घटना युरो कप २०२० को सबैभन्दा दुखद पक्ष रह्यो।  

यद्यपि सुरुआती २ खेल गुमाएको डेनमार्क सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल रह्यो। इङ्ल्यान्डले जर्मनीविरुद्धको प्रमुख प्रतियोगिताको नकआउट चरणमा बेहोर्दै आएको हारको शृंखलामा यसै प्रतियोगिताबाट पूर्णविराम लगायो। यद्यपि पहिलो पटक युरो कपको फाइनल प्रवेश गरे पनि इङ्ल्यान्डले उपाधि जित्न सकेन। युइएफएले पूर्वअध्यक्ष मिचेल प्लाटिनीको कार्यकालमा युरो कपको १६औं संस्करण विभिन्न ११ राष्ट्रका विभिन्न ११ रंगशालामा आयोजना गर्ने निर्णय गरेको थियो।  

युइएफएले सन् २०२४ को युरो कप भने जर्मनीले एकल रूपमा आयोजना गर्ने घोषणा गरिसकेको छ। ‘यो रोचक योजना हो, तर कार्यान्वयन निकै कठिन बन्यो। मलाई लाग्दैन कि युरो कपका अबका कुनै पनि एक संस्करणमा धेरै राष्ट्र आयोजकका रूपमा रहँदैनन्,’ युइएफएका अध्यक्ष एलेक्जेन्डर सिप्रिनीले भने।

प्रकाशित: २९ असार २०७८ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App