१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेलाडीलाई एन्टी डोपिङबारे प्रशिक्षण

टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङ र कोभिड–१९ को बारेमा सचेतनामूलक सन्देश प्रदानगरिएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा सोमबार सञ्चालन भएको उक्त सचेतनाबारे स्वास्थ्य विज्ञले जानकारी प्रदान गरेकाहुन्। 

एनओसीको मेडिकल कमिसनका प्रमुख डा.सरोजकृष्ण श्रेष्ठ,मेडिकल कमिसनका सदस्यडा. नबिसमान सिंह प्रधान, दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ अर्गानाइजेसन (एसए राडो)का सदस्य डा. ज्ञानेन्द्र शाहले टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी र अफिसियललाई एन्टी डोपिङ तथा कोभिड–१९ का बारेमा जानकारी दिएका थिए। डा. शाहले एन्टी डोपिङका बारेमा प्रशिक्षण दिएका थिए। श्रेष्ठ र सिंहले भने कोभिड–१९ बारे खेलाडीहरूलाई प्रशिक्षण गराए।  

उनीहरूले सैद्धान्तिक र प्रयोगात्मक माध्यमबाट एन्टी डोपिङका बारेमा खेलाडीलाई प्रशिक्षण दिएका थिए। आगामी जुलाई २३ देखि अगस्टसम्म जापानको टोकियोमा एक वर्ष ढिला गरी हुन लागेको ओलम्पिक आयोजना हुँदै छ। उक्त ओलम्पिकमा कोभिड–१९ को प्रोटोकल पालना नगर्ने खेलाडीमाथि कारबाही हुने आयोजकले स्पष्ट पारिसकेको छ। 

जसका कारण एनओसीले कसरी कोभिड–१९ बाट बच्न र सजग हुन सकिन्छ भन्नेबारे खेलाडी प्रशिक्षण गराएको हो। भौतिक रूपमा नै सातदोबाटोस्थित ओलम्पिक भवनमा उपस्थित हुन नसकेका खेलाडीले पनि भर्चुअल माध्यमबाट पनि प्रशिक्षण लिएका थिए।

प्रकाशित: ९ असार २०७८ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App