१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

एरिक्सन अचानक अभ्यासस्थलमा

मिडफिल्डर क्रिस्टियन एरिक्सनले शनिबार अभ्यासमा रहेका डेनमार्कका खेलाडीलाई अभ्यासस्थलमै आकस्मिक भेट गरेका छन्।

एरिक्सन शुक्रबार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए। युरो कप २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको पहिलो खेलको ४३औं मिनटको खेल जारी रहँदा एरिक्सन मैदानमा ढलेका थिए। मैदानमै प्राथमिक उपचारपछि उनलाई अस्पताल पु¥याइएको थियो। अस्पताल पुगेपछि उनलाई हृदयाघात भएको पुष्टि भएको थियो।

मिडफिल्डर क्रिस्टियन नोर्गार्ड र रक्षक जोचिम माहेलले एरिक्सनको भ्रमणले आफूहरू अचम्मित भएको बताए।

‘एरिक्सन अभ्यासदौरान मैदानमा आउनेबारे हामी जानकार थिएनौं। उनको आगमनपछि हामीले अभ्यास केही घण्टाका लागि स्थगन गर्‍यौं,’ नोर्गार्डले भने, ‘उनको भ्रमणले टोलीमा विशेष ऊर्जा थपिएको छ। उनी फर्किएका छन्, यो नै हाम्रा लागि सुखद पक्ष हो।’

एरिक्सन श्रीमती र २ छोराका साथ अभ्यासस्थलमा गएका थिए। उनको मुटुको सफल शल्यक्रिया गरिएको थियो।

‘हामी भावुक छाैं किनभने हामीले पछिल्लो पटक उनलाई मैदानमा अचेत अस्थामा भेटेका थियांै,’ माहेलले भने, ‘अस्पताल पुर्‍याएपछि उनी होसमा छन् भन्ने खबर सुन्दा खुसी लागेको थियो। तर उनलाई प्रत्यक्ष भेट्दा मन शान्त भएको छ।’

डेनमार्कले युरो कप २०२० को सुरुआती २ खेल गुमाइसकेको छ। पहिलो खेलमा फिनल्यान्डलाई १–० को नतिजा सुम्पिएको डेनमार्क दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा बेल्जियमसँग २–१ ले निराश भएको थियो। सोमबार हुने समूहचरणको अन्तिम खेलमा रूसमाथि सहज जित हात पारेमा डेनमार्कको कम्तीमा तेस्रो स्थानमा बस्दै उत्कृष्ट ४ टोलीमा पर्दै नकआउट चरण प्रवेश गर्ने सम्भावना जीवन्त रहनेछ।  

समूह ‘बी’ मा बेल्जियम ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान ३ अंकका साथ फिनल्यान्ड र रूस दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानको डेनमार्क अंकविहीन छ।

प्रकाशित: ७ असार २०७८ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App