१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गण्डकीका खेलकुद मन्त्री मनाङे भन्छन्ः परिषद् उपाध्यक्ष मैले देखेको छैन

खेलकुद परिषद उपाध्यक्ष नियुक्तिले निम्त्यायो विवाद

गण्डकी प्रदेश खेलकुद परिषदलाई पहिलो गासमै ढुंगा लागेको छ । खेलकुद परिषदमा उपाध्यक्ष नियुक्तसँगै विवाद सिर्जना भएको हो । सामाजिक विकास मन्त्री नरदेवी पुनले आफनो पूर्व स्वकीय सचिवलाई उपाध्यक्षमा नियुक्त गरेकी थिईन् । नियुक्त भएका उपाध्यक्ष नारायण पुन भने यतिबेला बेलायतमा छन् । उनको सपथ समेत भएको छैन् । परिषद गठनको झण्डै तीन महिना पुग्यो ।  

‘प्रदेश खेलकुद परिषदको उपाध्यक्ष अहिलेसम्म मैले देखेको छैन् । कस्तो हुनुहुन्छ । कहाँ हुनुहुन्छ त्यो पनि थाहा छैन्,’ पोखरा रंगशालाभित्र प्रदेश खेलकुद परिषदको निर्माणाधिन भवनको अनुगमनको क्रममा प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले दिएको अभिव्यक्ति थियो ।  

प्रदेश खेलकुद परिषद गठन भएको तीन महिनाका पुग्दा समेत उपाध्यक्षको भौतिक उपस्थिति छैन् । तेजबहादुर गुरुङलाई परिषदको सदस्य सचिव नियुक्त गरियो । परिषदको अध्यक्ष स्वयं युवा तथा खेलकुद मन्त्री हुन् । तत्कालिन सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेश खेलकुद परिषद गठन गरेको थियो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी नरदेवी पुनको काँधमा थियो । मन्त्री पुन पनि म्याग्दीकै हुन् । उपाध्यक्ष आफनै गृहजिल्लाका नारायण पुनलाई नियुक्त गरिएको हो । नियुक्त भएका पुन बेलायतमा छन् ।  

‘मन्त्री ज्यूले सार्वजनिक अभिव्यक्ति दिए झैं गण्डकी खेलकुद परिषदको उपाध्यक्ष देखेका छैनौं,’ युवा तथा खेलकुद मन्त्री गुरुङका स्वकीय सचिव रोनित गुरुङले भने, ‘यतिबेला उहाँ हामीसँगै हुनुपर्ने थियो । तर उपाध्यक्ष देख्या छैन् । आफैं कन्फ्युज छौं ।’ अध्यक्ष पछिको पदीय दायित्व उपाध्यक्षको हुन्छ । तर खेलकुदको विषयमा नियमित छलफलमै रहँदा उपाध्यक्षको अनुपस्थितिले कस्तो व्यक्तिलाई उपाध्यक्ष बनाएको भन्ने प्रश्न उठन थालेको स्वीकय सचिव गुरुङको भनाई थियो ।

सामाजिक विकास मन्त्रालयले राजनैतिक चाकडीको आधारमा गरेको मनोनयन यतिसम्म भयो कि विदेशमा रहेको व्यक्तिलाई परिषद्को उपाध्यक्ष बनाइएको आरोप समेत लागेको छ । । मन्त्री गुरुङले उपाध्यक्ष पुनसँग गैर आवासीय नेपाली रहेको पाईए उनलाई उपाध्यक्षबाट निस्कासन गर्नुपर्ने समेत बताएका थिए ।  

उपाध्यक्ष बनाईएका पुनले सपथ लिएका छैनन् । सपथ नै नलिदाँ खेलकुद परिषदले अझै पूर्णता पाउन सकेको छैन् । गठनले पूर्णता पाएपनि उनको सपथ विना कार्यभार सम्हाल्ने अवसर भने उनले पाउँदैनन् । उपाध्यक्षको अनुपस्थितिले परिषदका अन्य पदाधिकारीसँग समेत परिचय हुन सकेको छैन् । राजनैतिक सम्बन्धकै कारण पदीय जिम्मेवारी तोकिने प्रवृत्ति खेलकुद क्षेत्रमा नयाँ भने होईन् । 

प्रकाशित: २० जेष्ठ २०७८ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App