१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाद्वारा विश्वकपको दाबेदारी

क्रिकेट दक्षिण अफ्रिका (सिएसए) ले सन् २०२७ को विश्वकप क्रिकेट आयोजनाको दाबेदारी गर्ने सिएसएका कार्यवहाक अध्यक्ष रिहान रिचार्ड्सले बताएका छन्। रिचार्ड्सले प्रेस कन्फ्रेन्रेन्समार् आयोजनाको दाबी गर्दै सरकारले पनि त्यसलाई समर्थन गरेको बताएका हुन्। नयाँ क्रिकेट बोर्डका बहुमत डाइरेक्टरले उक्त प्रस्ताव पास गर्दै देशभित्र क्रिकेटको माहोल फर्काइने उनको विश्वास छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२७ को विश्वकप आयोजनाको प्रक्रिया सुरु गर्दा दक्षिण अफ्रिकाले पनि त्यसको दाबेदारी गर्न लागेको हो। केही महिनामा नै आयोजनाको प्रक्रिया सुरु हुने सम्भावना छ। ‘हामी पुरुष र महिला विश्वकप दुवैमा दाबेदारी प्रस्तुत गर्दै छौं। साथै यु–१९ विश्वकप र  ट्वान्टी–२० विश्वकप आयोजनामा पनि हाम्रो दाबेदारी रहनेछ,’रिचार्ड्सले भने, ‘यद्यपि, हाम्रो मुख्य लक्ष्य भने पुरुषतर्फकाे विश्वकप नै हो। हामीले १८ वर्ष अघि विश्वकप आयोजना गरेका थियौं। यस पटक पनि आयोजनाको दाबेदारी प्रस्तुत गर्दा खुसी छौं।’

दक्षिण अफ्रिकाले सन् २००३ को पुरुष विश्वकप र सन् २००५ को महिला विश्वकप क्रिकेटको आयोजना गरेको थियो। सन् २००७ को ट्वान्टी–२० र सन् २००९ को च्याम्पियन्स ट्रफीको पहिलो संस्करण पनि दक्षिण अफ्रिकाले आयोजना गर्ने अवसर पाएको थियो। उसले दुई संस्करणका यु–१९ विश्वकप पनि आयोजना गरिसकेको छ। 

यसैबीच दक्षिण अफ्रिकाका खेलमन्त्री नाथी मथेथ्वाले वर्तमान दक्षिण अफ्रिकी क्रिकेट बोर्डको मान्यताबाट सरकार पछि नहट्ने बताएका छन्। यद्यपि, त्यसअघि भने उनले रिचार्ड्सको नेतृत्वको बोर्ड असफल रहेको भन्दै चेतावनीसमेत दिएका थिए। शुक्रबार बोर्डसँगै मन्त्री नाथी पनि पत्रकार सम्मेलनमा उपस्थित थिए। अन्तरिम बोर्डका अध्यक्ष स्टाभरस निकोलउले आगामी जुन १२ मा दक्षिण अफ्रिकी क्रिकेटको वार्षिक साधारण सभा आयोजना गर्ने तयारी भइरहेको बताएका छन्। गत अक्टोबरबाट साधारणसभा सारिएको हो। उक्त साधारण सभाबाट १५ सदस्ययी बोर्ड, आठ डाइरेक्टर र पाँच काउन्सिल सदस्यको चयन हुनेछन् भने प्रमुख कार्यकारी र प्रमुख वित्त अधिकारी पनि छानिनेछन्।

प्रकाशित: १९ वैशाख २०७८ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App