१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कभर्ड हल निर्माण सुरु

भक्तपुर नगरपालिका– १० बेखालमा कभर्ड हल निर्माण सुरु गरिएको छ। शनिबार यहाँं एक समारोहबीच कभर्ड हलको शिलान्यास गरियो। भक्तपुर नगरपालिका– १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले हलको शिलान्यास गरे। यहाँको पुरानो कभर्ड हलमा यसअघि टेबुल टेनिस प्रशिक्षण हुँदै आएको थियो।

उक्त हल भत्काई दर्शकहरूले प्यारापिटमा बसेर खेल हेर्न मिल्ने गरी नक्सा बनाई काम थालिएको हो। बेखाल कभर्ड हलमा करिब दुई सय दर्शक अट्न सक्ने गरी मुभेबल पारापिट निर्माण हुन लागेको कार्यक्रममा बताइयो। प्रतियोगिता नभएमा प्यारापिटलाई खुम्चाई दशवटा टेबुल टेनिस बोर्ड राखी प्रशिक्षण दिन सक्ने गरी मिलाइएको छ।

 करिब चारवटा बोर्ड राखी प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी बनाइएको छ। उक्त कभर्ड हल बाग्मती प्रदेशको ससर्त बजेटअन्तर्गत दुई करोड ७३ लाखमा लागत इस्टिमेटमा बन्न लागेको जनाइएको छ। यो वर्ष ४९ लाख विनियोजन भएको छ।  

कार्यक्रमका वक्ताहरूले नगरपालिकाले नगरवासीका लागि खेलकुद विकासमा काम गरिरहेको बताए। वडाध्यक्ष ह्यौमिखाले स्थानीय निकायको निर्वाचनमा बनाएको घोषणापत्रअनुसार नै खेलकुदको कभर्ड हल बनाउन लागेको बताए। उनले छिट्टै बेखालमै जनस्वास्थ्य भवन पनि बनाउन लागेको जानकारी दिए। यसका लागि टेन्डर भइसकेको उनले बतााए।  

अनुगमन समितिका सदस्य एवम् ख्वप इन्जिनियरिङ कलेजका प्रचार्य सुनील दुवालले कभर्ड हलभित्र अलि बढी ठाउँ बढाउन प्यारापिटका लागि व्यवस्थितसँग नयाँ प्रविधि प्रयोग भएको बताए। भक्तपुर जिल्ला टेबुल टेनिस संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुर नगरपालिकाबाट सञ्चालित प्रशिक्षणका कारण भक्तपुरे टेबुल टेनिसका खेलाडीमा उत्साह बढेको बताए। यसले स्तरीय खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको तर्क थियो।  

प्रकाशित: १२ वैशाख २०७८ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App