१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कास्की हरियो दुईदिवसीय सिरिज च्याम्पियन

च्याम्पियन ट्रफीसहित कास्की हरियो टिम तथा क्रिकेट संघका पदाधिकारीहरु । तस्बिर नागरिक

कास्की निलोलाई एक विकेटले पराजित गर्दै कास्की हरियोले यु–१९ दुईदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ । जितको लागि १२७ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै कास्की हरियोले जित निकाल्दै सिरिज च्याम्पियन बनेको हो ।  

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुई दिवसीय क्रिकेट सिरिजमा कास्की निलोले टस हारेर व्याटिङ गर्दै पहिलो पहिलो इनिङमा ९० रनमै समेटियो । सोहेल कुँवरले सर्वाधिक २६ रन योगदान रह्यो । अन्य व्याट्सम्यान भने सस्तैमा आउट भएपछि पहिलो इनिङ कमजोर अवस्थामै टुग्याउन पुग्यो । निरन्जन यादवको नाममा भने २२ रन रह्यो । बलिङ तर्फ भने सगुन सापकोटाले ५ विकेट लिदाँ सुवास भण्डारीले पनि ३ विकेट आफनो नाममा लेखाए ।  

कास्की हरियोले पहिलो इनिङमा १३४ रन बनाउँदै पहिलो इनिङ मा ३४ रनको अग्रता लियो । निश्चत भुषालको १८, विपिन शाहीको १७ र सुवास भण्डारीको १५ रनको योगदानमा कास्की हरियोले १३४ रन बनाउँदै इनिङमा ३४ रनको अग्रता लिएको थियो । नितेश गिरीको नाममा ५ विकेट लेखियो । कास्की निलोले दोस्रो इनिङ शुरु गर्दै १६० रन बनायो । मुष्कान थापाले अर्धशतकीय पारी खेले । उनले ७३ रनको ठोस इनिङ खेले । त्यस्तै किरण पौडेलले ३६ रन बनाए । सुवास भण्डारीले ५ विकेट लिदाँ सगुन सापकोटाको नाममा ४ विकेट लेखियो ।  

कास्की हरियोले जितको लागि १२७ रनको लक्ष्य पाएको थियो । सुदिप अर्यालले ३८ रन नटआउट, सुवास भण्डारीको नाममा २३ र सिब्रिन श्रेष्ठले १८ रनको योगदानमा एक विकेट बाँकी रहँद जित निकाल्यो । दोस्रो इनिङमा नितेश गिरीले ३, निशान कुँवरले २ र किरण पौडेलले २ विकेट लिए ।  

पोखराको क्रिकेट इतिहासमा दुई दिवसीय क्रिकेट सिरिज पहिलो पटक आयोजना गरिएको हो । दुईदिवसीय क्रिकेट सिरिजको लागि गण्डकी प्रदेशका कास्की, नवलपुर, तनहुँ, बाग्लुङ र स्याङजाका ६५ जना खेलाडीबाट छनोट गरी तीन टिम तयार गरिएको थियो ।  

पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजन, कास्की क्रिकेट क्लबको व्यवस्थापनमा आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडी सुवास भण्डारी घोषित भए । बेष्ट व्याट्सम्यानको पुरस्कार गोविन विक घोषित हुदाँ बेष्ट बलर सुवास भण्डारीले पुरस्कार थापे । विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवनसन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवर, कास्की क्रिकेट क्लबका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । 

प्रकाशित: २ वैशाख २०७८ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App