नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली र मालिकको घोषणा गरिएको छ ।नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक कार्यक्रमबीच प्रतियोगिताा सहभागी ७ फे्रन्चाइज टोली र मालिकको घोषणा गरेको हो।प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौ फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, चितवन एफसी, बुटवल–लुम्बिनी एफसी, धनगढी एफसी र पोखरा थन्डर्स गरी ७ सहरको प्रतिनिधित्व गर्ने ७ फ्रेन्चाइज टोली रहेका छन्।
बि.सि.क. प्रालिको लगानीमा रहेको विराटनगर सिटी फुटबल क्लबका मालिक अनुपरञ्जन भट्टराई, यामाहा मोरङ अटोको स्वामित्वमा रहेको काठमाडांै रेजर्स फुटबल क्लबका मालिक चिरञ्जीवी शाह, भाटभटेनी सुपरमार्केटको लगानी रहेको ललितपुर सिटी एफसीका मालिक कामना गुरुङ रहेका छन्।त्यस्तै गेम अन प्रालिको लगानी रहेको एफसी चितवनका मालिक सचिन ढकाल, लक्ष्मी मोटर्सको लगानी रहेको पोखरा थन्डर्सको मालिकमा निराकार श्रेष्ठ, इभेन्ट कोड प्रालिको स्वामित्वमा रहेको बुटवल–लुम्बिनी फुटबल क्लबका मालिक राजकुमार तिमल्सिना र गो ड्रिमर्स प्रालिको लगानी रहेको धनगढी एफसीका मालिक सुवास शाही रहेका छन् ।
नेपाल स्पोर्ट्स म्यानेजमेन्टले प्रतियोगिताको पहिलो संस्करण वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राउन्ड रोबिनको आधारमा हुने यसअघि नै घोषणा गरिसकेको छ।पहिलो संस्करण भएकाले यस पटक सबै खेल दशरथ रंगशालामा हुने भए पनि आगामी संस्करण होम एन्ड अवेका आधारमा हुनेछ।प्रतियोगितामा कुल २१ खेल हुनेछन्।
प्रतियोगिताका लागि शुक्रबार खेलाडीको अक्सन हुनेछ।प्रतियोगितामा प्राविधिक सहयोगीको रूपमा रहको अखिल नेपाल फुटबल संघ(एन्फा)ले उपलब्ध गराएको खेलाडीको सूचीका आधारमा क्लबले अक्सनमार्फत खेलाडी छनोट गर्नेछन्।सहभागी टोलीले कम्तीमा ३ विदेशी खेलाडी भिœयाउन पाउनेछन्, जसमध्ये २ खेलाडीले प्लेइङ ११ मा खेल्न पाउनेछन् ।
‘यो लिगले नेपाली खेलाडीलाई व्यावसायिक रूपमा सबल बन्न मद्दत गर्नेछ,’ एनएसएलकी अध्यक्ष आश्रयेता कार्की चौधरीले भनिन्, ‘यस प्रतियोगिताबाट धेरै नयाँ फुटबल स्टार जन्मनेछन्।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसएलले नेपाली फुटबलको व्यसायिकतामा थप मद्दत गर्ने विश्वास व्यक्त गरे ।
‘एनएसएलले नेपाली खेलाडीको व्यवसायिकताका लागि ठूलो अर्थ राख्नेछ,’ शेर्पाले भने, ‘नेपाली फुटबलमा नयाँ आयामको सुरुआत भएको छ र यसले नेपाली फुटबललाई उच्च शिखरमा पु¥याउन मद्दत गर्नेछ ।’शेर्पाले एनएसएल सुरु भए पनि यस प्रतियोगिताले शहिद स्मारक ए डिभिजन लिगलाई कुनै असर नगर्ने बताए ।
प्रकाशित: २ चैत्र २०७७ ०२:४७ सोमबार

