१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिग चरणका खेल आज सकिने

लिटल फ्लावर प्रिमियर लिग

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीयल) क्रिकेट प्रतियोगितामा लिग चरणका खेल आज बुधवार सकिने भएका छन । लिग चरणवाट छनौट भएर ३ वटा टिम सेमिफाईनल प्रवेश गरिसकेका छन भने आज होली ल्याण्ड अत्तरिया र शारदा सरस्वती मा.वि. दोधारा चाँदनी बिच हुने खेलवाट सेमिफाईनल प्रवेश गर्ने टिम छनोट हुने छ । काठमाडौँको हिमालय ह्वाइट हाउस, बाल बाटिका र लिटल फ्लावर सेमिफाईनल प्रवेश गरिसकेका छन् ।  

मंगलवार भएको दोस्रो खेलमा काठमाडौँकै नेक्सस स्कुललाई ४ विकेटले जित हात पार्दै ह्वाइट हाउस सेमिफाईनल प्रवेश गर्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए । १ सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित रहदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए ।  

फागुन १५ गतेदेखि संचालन भएको प्रतियोगिता २९ गते सम्पन्न हुने छ । लिक कम नक आउटमा  खेलाइएको प्रतियोगितामा शुक्रवार (फागुन २८) गते फाईनलका लागी सेमी फाईनल प्रवेश गरेका टिम बिच प्रतिस्पर्धा हुने आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन । चार समूहमा विभाजन गरि खेलाइएकोमा लिग चरणमा प्रत्येक टिमले ३/३ खेल खेल्न पाएका छन । उक्त खेलबाट समूह विजेता ३ वटा टिम सेमि फाईनलमा प्रवेश गरिसकेका छन भने एक टिम आजको खेलवाट छनोट हुने छ ।

प्रतियोगितमा काठमाडौँ र कञ्चनपुरका २/२, रुपन्देही र दाङका एक/एक र कैलालीका १० विद्यालयको सहभागिता रहेको थियो ।प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५/५ हजार प्रदान गरिने छ ।  

प्रकाशित: २६ फाल्गुन २०७७ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App