१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सनिल सेमिफाइनलमा

वीर गणेशमान सिंह स्मृति बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा बिहीबार ललितपुरका सनिल शाहीले सेमिफाइनलमा स्थान बनाए। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता शाहीले आयुष्मान चटौतलाई पराजित गरे। यसै तौलसमूहमा धादिङका पवन गुरुङ र प्लाटिनमका अश्विनदेव श्रेष्ठले पनि अन्तिम चारमा स्थान बनाए।

पुरुषकै ४९ केजीमा नक्सालका पवनबहादुर श्रेष्ठ, चितवनका सुरज गुरुङ, काभ्रेका धर्मेन्द्र राई र तारकेश्वरका सुजन ओलीले अन्तिम चारमा स्थान सुरक्षित बनाए। ५२ केजीमा कोटश्य भैरवका सुमन नेपाली, मकवानपुरका बुद्ध लामा, थानकोटका सुजन महर्जन र बक्समान्डुका  वाङ्दी शेर्पा सेमिफाइनल पुगे। 

पुरुषको ५६ केजीमा कोटस्य भैरवका प्रशान्त लामा, नुवाकोटका प्रकाश मगर, चण्डोलका जेनिस गुरुङ र एचटुओका बुद्ध लामाले अन्तिम चारमा स्थान बनाए। पुरुषकै ६० केजीमा नक्सालका मौसम रानामगर, ललितपुरका आभासप्रताप शाह, बक्समान्डुका गणेश थापा र तारकेश्वरका अनिल पुन मगर पनि सेमिफाइनलमा पुगे।  

महिलातर्फ आरडिएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार भएको महिला ४८ केजी तौलसमूहमा रमिसाले प्लाटिनमकी तेजीमाया गुरुङ र मायाले भक्तपुरकी करुणा चक्रधरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। यही तौलसमूहमा भक्तपुरकी अस्मिता दुवालले तारकेश्वरकी जानुका थापा र नक्सालकी सुस्मिता तामाङले नुवाकोटकी प्रगति थापालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। 

महिला ५१ केजी तौलसमूहमा नुवाकोटकी प्रतिभा शाही, बोसिगाउँकी हरिना ऐर, तक्सालकी रोशनी राई र प्लाटिनमकी डेनिका राईले सेमिफाइनलमा स्थान बनाए। महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोन र बक्समान्डुकी जस्मिन केसीले पनि अन्तिम चारमा स्थान बनाए। महिलाको ५७ केजीमा आरडिएसकी सुमिरा रूपाखेती र रामेछापकी डोल्मा तामाङ सेमिफाइनलमा पुगे। महिला ६० केजीमा केन्द्रीय बक्सिङकी स्नेहा मानन्धर र नुवाकोटकी रीता विकले सेमिफाइनलमा स्थान बनाए। 

प्रकाशित: २१ फाल्गुन २०७७ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App