१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बगर भाइखलक एट ए साईड फुटबल अर्काेसाता

पोखरामा हुने बगर भाइखलक एट ए साईड फुटबल प्रतियोगिताको बारे जानकारी दिदैं महासचिव यामबहादुर गुरुङ । तस्बिर उमेश पुन ÷नागरिक

फागुन २४ गतेदेखि टुडिखेलमा बगर भाइखलक एट ए साईड फुटबल प्रतियोगिता शुरु हुदैंछ । बढ्दो उमेरसँगै स्वास्थ्यप्रतिको सचेतना बढाउँदै युवापुस्तालाई फुटबलप्रति अभिप्रेरित गराउने अभिप्रायले बगर भाइखलबले वर्षेनी एट ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।  

रन्जित गुरुङ स्मृति १० औं सस्करणको बगर भाइखलक एट ए साईडमा पोखरा तथा अन्य विभिन्न शहरका गरी २८ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । पोखरा–१ पुरानो टुडिखेलको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा  विजेताले १लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।  

प्रतियोगितामा भूतपुर्व खेलाडी मञ्च नेपालका महासचिव एवं खेलकर्मी खेम गुरुङलाइै दोसल्लासहित ताम्रपत्रबाट सम्मानित गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा बगर भाइखलकका महासचिव यामबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामै सबैभन्दा पाका खेलाडीलाई ताम्रपत्रबाट सम्मानित गरिने उनले बताए । दोस्रो पुरस्कारको प्रायोजन विगतको वर्षमा झैं यो वर्षपनि सहारा युकेले प्रायोजन गरेकोछ ।  

विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्डलई ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई भने नगद १० हजार रुपैयाँ सहित ट्र्फी प्रदान गरिनेछ । म्यान अफ दि म्याच एवं अनुशासित टोलीको हकमा भने विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाईनल २९ गते हुने छ । 

प्रकाशित: १९ फाल्गुन २०७७ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App