१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ओसाकालाई अस्ट्रेलियन ओपन

नाओमी ओसाकाले शनिबार जेनिफर बार्डेलाई ६–४, ६–३ को सोझो सेटमा निराश पार्दै अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्। विश्व वरीयतामा तेस्रो स्थानमा रहेकी ओसाकाले आफ्नो चौथो ग्रान्ड स्लाम फाइनलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएकी हुन्। 

२३ वर्षीया ओसाकाले सन् २०१८ र २०२० मा युएस ओपन र २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। यस जितपछि ओसाका वरीयताको दोस्रो स्थानमा उक्लिएकी छिन्। ओसकाले सेमिफाइनलमा सेरेना विलियम्सलाई निराश बनाएकी थिइन्।

२०२० मा अस्ट्रेलियन ओपनको उपाधि जित्ने ओसाकाको लक्ष्य तेस्रो चरणमा १५ वर्षीया कोको गौफसँग निराश भएपछि पूर्ण हुन सकेको थिएन। ओसाकाले २०२० फेबु्रअरीपछि कुनै पनि खेल गुमाएकी छैनन्। उनले आफ्नो अपराजित यात्रा २१ खेलसम्म लम्ब्याएकी छिन्।

‘मलाई अहिले केही कुरामा गर्व छ भने त्यो हो मेरो जितको बलियो मानसिकता,’ ओसाकाले भनिन्, ‘मेरो खेलजीवनमा उतारचढाव आइ नै रह्यो। त्यसले मेरो खेलजीवनै दुविधामा परेको थियो। गत वर्ष कोभिड १९ महामारीले सारा विश्व नै आक्रान्त भएको थियो। तर पनि मानिसको जीवन जसोतसो चलेकै थियो। यसबाट मैले खराब समयमा पनि सकारात्मक सोच्ने ऊर्जा पाएँ।’

रड लाभार एरेनामा भएको फाइनल खेलमा करिब ७ हजार ५ सय दर्शक उपस्थित थिए। ओसाकाले युएस ओपनको उपाधि जित्दा दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको थिएन।‘लामो समयको प्रतीक्षापछि अन्ततः समर्थकको अगाडि खेल्न पाउनु नै विशेष क्षण हो,’ ओसाकाले भनिन्, ‘यसले खेलाडीको मनोबल उच्च पारेको छ।’

प्रकाशित: ९ फाल्गुन २०७७ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App