८ मंसिर २०८१ शनिबार
image/svg+xml

ओसाकालाई अस्ट्रेलियन ओपन

२३ वर्षीया ओसाकाले सन् २०१८ र २०२० मा युएस ओपन र २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। यस जितपछि ओसाका वरीयताको दोस्रो स्थानमा उक्लिएकी छिन्। ओसकाले सेमिफाइनलमा सेरेना विलियम्सलाई निराश बनाएकी थिइन्।

नाडाल बाहिरिए

विश्व नम्बर एक राफाइल नाडाल बुधबार सेमिफाइनलमा अस्ट्रियाका डोमिनिक थिमसँग स्तब्ध हुँदै वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन्।

संघर्षपूर्ण जितबाट फेडेरर सेमिफाइनलमा

विश्व वरीयतामा सयौं स्थानका टेनिज सान्डग्रेनविरुद्ध पाँच सेटमा संघर्षपूर्ण जितपश्चात् मंगलबार अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेपछि स्विस स्टार रोजर फेडेररले आफु जहिले पनि चमत्कारमा विश्वास गर्ने बताएका छन्।

मेलबर्न पार्कमा कोकोको आँसु

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाउँदा सबैभन्दा कम उमेरमा ग्रान्ड स्लाम जित्ने लक्ष्यमा रहेकी १५ वर्षीया कोको गउफ आइतबार बाहिरिएकी छन्।

मेदभेदेभद्वारा पोपिरिन स्तब्ध

विश्व नम्बर चार ड्यानियल मेदभेदेभले घरेलु प्रतिद्वन्द्वी एलेक्सी पोपिरिनलाई स्तब्ध बनाउँदै अस्ट्रेलियन ओपनको अन्तिम १६ को प्रतिस्पर्धामा अस्ट्रेलियन ओपनका पूर्वच्याम्पियन स्टान वावरिन्कासँग भेट पक्का गरेका छन्।

किशोरीको उत्कृष्ट प्रदर्शन

१५ वर्षीया कोको गउफले वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा बुधबार उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो चरणमा डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकासँगको भेट पक्का गरेकी छन् ।

अस्ट्रेलियामा सिमोनलाई रजत

नेपाली कराते खेलाडी सिमोन खत्रीले अस्ट्रेलियाको मेलबर्नमा भएको भिकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा सिमोन फाइनलमा अस्टेलियाका फिलिपसँग पराजित भएपछि स्वर्ण जित्नबाट चुके ।

सन्दीपको क्लब मेलबर्न स्टार्स बिग बास लिगको उपविजेतामा सीमित

नेपाली खेलाडी सन्दीप लामिछानेको क्लब मेलबर्न स्टार्स अष्ट्रेलियामा सम्पन्न बिग बास लिग क्रिकेटको उपविजेतामा सीमित भएको छ। पहिलो विकेटका लागि ९३ रनको उत्कृष्ट साझेदारी गरेपनि त्यसपछिका खेलाडीले खराब प्रदर्शन गर्दा मेलबर्न रेनिगेड्सले सन्दीपकाे मेलबर्न स्टार्सलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो।

सन्दीपको टोली सेमिफाइनलमा

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएको खेलमा मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि फराकिलो जित निकाल्दै अस्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगको सेमिफाइनलमा स्थान बनाएको छ। मेलबर्न क्रिकेट ग्राउन्डमा आइतबार भएको लिगको अन्तिम खेलमा सिक्सर्समाथि ९४ रनको फराकिलो जित निकाल्दै सन्दीपको क्लब सेमिफाइनल पुग्न सफल भएको हो।

सन्दीपको टोलीलाई दोस्रो सफलता

नेपाली स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले मंगलबार मेलबर्न रेनेगडेसमाथि सात विकेटको जित निकाल्दै बिग ब्यास लिगमा दोस्रो सफलता आत्मसात् गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्