२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगः तयारी अन्तिम चरणमा

खेल मैदान निर्माणको काम गरिँदै । तस्बिरः पुष्पराज जोशी/नागरिक

धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ विद्यालय स्तरीय यु १९ क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।  

आयोजक  लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले  तयारीको काम अन्तिम चरणमा पुगेको जनाएको छ । लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले खेलमैदान निर्माणको कार्य सम्पन्न भइसकेको बताए । उनका अनुसार खेलकुदमा चाहिने सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएको छ । यस्तै खेल मैदानको सजावटको काम भने सुरु गरिएको उनले बताए । ‘अहिले साइड स्क्रिन र स्कोर बोर्ड तयारी गर्ने काम भइरहेको छ,’ अध्यक्ष शाहीले भने,‘देशभरीबाट आउने विद्यालय टीमहरुसँग आवश्यक समन्वय भइरहेको छ ।’  

विगत पाँच वर्षदेखि सञ्चालित प्रतियोगिता देशकै विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो । गत वर्ष दुई लाख प्रथम पुरस्कार भएकोमा यसवर्ष कोभिडले गर्दा एक लाख २० हजार रुपैयाँ प्रथम पुरसकार राशि राखिएको उनले बताए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ठ बलर, उत्कृष्ठ व्याट्स म्यान र उदयीमान खेलाडीले जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको उनले बताए । प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनायो । प्रत्येक विद्यालयबाट ३ जना खेलाडी १९ वर्षमुनिका राष्ट्रिय खेलाडीहरु राख्न सकिने छ भने अन्य खेलाडीको हकमा सहभागी हुने विद्यालयमै कक्षा १० सम्ममा अध्ययन गरिरहेका खेलाडीहरुले सहभागिता जनाउने बताइएको छ । प्रतियोगितामा दाङ, काठमाडौं, बुटवल, कञ्चनपुर र कैलालीका विद्यालयहरुको सहभागिता रहने छ ।  

हरेक वर्ष विद्यालय स्तरमा लुकेर रहेका क्रिकेट खेलाडीहरुलाई बाहिर ल्याउने उद्देश्यले यो प्रतियोगिता गरिएको अध्यक्ष शाहीले बताए । उनले भने,‘१९ वर्ष मुनिका खेलाडीसँग स्कुले खेलाडीहरुलाई पनि खेलाउँदा उनिहरुमा पनि क्रिकेट संस्कारको विकास हुने अपेक्षासहित हामीले यो प्रतियोगिता गरिरहेका छौँ ।’  

प्रतियोगितालाई टीकापुरस्थित चण्डिका ग्रुपले मुख्य प्रायोजन गरेको छ यस्तै प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरबेहडीस्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । म्यान अफ द म्याचलाई गुरु जी सटिङ्ग एन्ड सुटिङले प्रायोजन गरेको छ । संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह– प्रायोजकको रूपमा धनगढी स्थित गुरु जी सटिङ्ग एन्ड सुटिङ जोडिएको छ ।  प्रतियोगितामा हस्पिटालिटी पार्टनरको रुपमा इमेज होटेल प्रालिले साथ दिएको छ । 

प्रतियोगितामा सह–प्रायोजकको रूपमा हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तीनकुने काठमाडौँ, जयमंगलम् सिमेन्ट प्रालि नेपालगन्ज, डिस होम, मृग गार्मेन्ट उद्योग चटकपुर धनगढी, नेपाल टेलिकम, जोशी अप्टिकल एन्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरिका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, दाहाल पुस्तक पसल धनगढी, नेप्स कफी एन्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश इन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स रहेका छन् ।

प्रकाशित: ६ फाल्गुन २०७७ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App