१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरामा महिला र पुरुष क्लब च्याम्पिनसिप भलिबल हुँदै

पोखरामा हुने भलिवल प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिरः उमेश पुन÷नागरिक

टाईगर ग्रुप पोखराले माघ २७ गतेदेखि पोखरा रंगशालामा टाईगर ग्रुप कप अमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता आयोजन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै लिगकम नकाउट साथै बेष्ट अफ फाईभको आधारमा महिला र पुरुषको एकैसाथ क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।  

महिला तर्फ तीन विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र न्यु डायमण्ड एकेडेमी काठमाडौंले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । अध्यक्ष शर्माका अनुसार पुरुष तर्फ पनि आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गण्डकी प्रदेशको टोलीको सहभागिता रहेको छ ।  

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशी सहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगद पुरस्कार प्रदान गरिनेछ । सान्त्वना पुरस्कार १५÷१५ हजार रुपैयाँ प्रदान गरिने छ ।  

महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५–५ हजार रुपैयाँ प्रदान गरिने ग्रुपका सदस्य प्रकाश बरालले जानकारी दिए । प्रतियोगितामा २५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नेपाल भलिबल संघको समन्वय, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापन, राष्ट्रिय खेलकुद परिषदको संयोजन, पोखरा महानगरपालिकाको विशेष सहयोग र सहयोगी संस्थाको रुपमा सफल दूध रहेका छन् । 

प्रकाशित: १२ माघ २०७७ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App