coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

हिमाली जिल्लामा फुटबल प्रशिक्षणको तयारी

पहाडी र हिमाली क्षेत्रमा फुटबल प्रशिक्षण गराउन सहज छैन । प्रतियोगिता पनि निकै कम हुन्छन नेपालको साविक मध्य र सुदुर पश्चिमका पहाडी र हिमाली क्षेत्रमा । भौगोलिक बिकटताले खेलकुदका गतिविधिलाई पनि प्रभावित गरेको हुन्छ । तर हुम्लामा अप्ठयारोका बिच फुटबल प्रशिक्षणको तयारी भैंरहेको छ । जसको तयारीमा जुटेका एक महिना अघि स्थापना भएको हुम्ला फुटबल एकेडेमीका पदाधिकारी । एकेडेमीले फागुनमा फुटबल प्रशिक्षणको अभियानको सुरुआत गर्ने बताएको छ ।  

फागुन ७ गते सुरु गर्ने प्रशिक्षण ८ देखी १८ वर्ष उमेर समुहका महिला तथा पुरुष खेलाडीलाई लक्षित गरेर आयोजना गर्न लागिएको बताउँछन पुर्व खेलाडी एवम हुम्ला फुटबल एकेडेमीका अध्यक्ष अध्यक्ष विष्णु रावतले बताए । 

अध्यक्ष रावतले छोटो समयको तयारीमा गर्न लागिएको प्रशिक्षण कार्यक्रममा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिएका छन् । उनले भने,‘हुम्लामा फुटबल प्रशिक्षण गराउन सहज छैन् । तर हामीले राष्ट्रियस्तरको प्रशिक्षकलाई बोलाएर फुटबल प्रशिक्षण गराउने तयारी गरेको छौं । यसले हुम्लाबाट फुटबलका नयाँ खेलाडी उत्पादनमा हुनेछन् ।’

एकेडेमीले संचालन गर्न लागेको प्रशिक्षणका लागि रबि श्रेष्ठ, सरिन प्रकाश प्रधानले जनही २० हजार, सविन घिमिरेले ११ हजार ३ सय ९०, मोहन कृष्ण श्रेष्ठले १० हजार, गौरी थापा र डा. सर्वेश शर्माले जनही ५ हजार रुपैंया सहयोग गरेको अध्यक्ष रावतले बताए । 

प्रशिक्षणका लागि व्यक्तिगत रुपमा ४० हजारको फुटबल किट्स एकेडेमीलाई सहयोग गरेको उनले बताए । प्रशिक्षणलाई नियमित गर्नको लागि एन्फासँग सहकार्य गरेर अगाडी बढने बारेमा समेत छलफल भइरहेको बताउँछन रावत । उनले भने, ‘एन्फा अध्यक्षसँग एक चरणको कुरा भएको छ । यसमा थप छलफल गरेर योजना बनाउने बारेमा कुरा भएको छ । एन्फाको सहयोग भयो भने झन बृहत रुपमा प्रशिक्षण अभियान चलाउन सकिन्छ ।’

 

प्रकाशित: ८ माघ २०७७ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App