२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मानहुँकोट–पुलिमर्या‍ङ ४४ किलोमिटर अल्ट्रारेस हुँदै

तनहुँको पर्यटकीय गन्तव्य मानहुँकोट र तलको दमौली बजार । तस्बिरः नागरिक

पछिल्लो समय आन्तरिक पर्यटकले निकै नै रुचाएको गन्तव्य तनहुँको मानहुँकोटदेखि पुलिम¥याङ सहीदपार्कसम्मको ४४ किलोमिटर दुरीमा अल्ट्रारेस प्रतियोगिता आयोजना गरिने भएको छ । मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउने र पुलिम¥याङको सहीदपार्कको समेत विकासमा सघाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।  

तनहुँको व्यास नगरपालिकाले हरेकवर्ष माघ १६ मा सहीद दिवसका अवसरमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको यो चौथो संस्करण हो । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरेको ब्यास नगरपालिकाले बताएको छ । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मानहुँकोट र पुलिम¥याङलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने गरि प्रतियोगिता आयोजना गरेको बताए ।  

‘मानहुँकोट पछिल्लो समय निकै नै चर्चित बनेको छ । कोरोना भाइरस संक्रमणकाबीच पनि मानहुँकोटले ठुलो आकारमा आन्तरिक पाहुना पाएको छ,’ मेयर न्यौपानेले भने, ‘पुलिम¥याङको सहीदपार्कलाई पनि पर्यटकीय गन्तव्य बनाउने चाहना हो ।’ प्रतियोगिता मानहुँकोटबाट सुरु भएर चापाघाट हुँदै पृथ्वी राजमार्ग सहितका विभिन्न गन्तव्यबाट पुलिम¥याङ सहीदपार्कमा पुगिने उनले बताए ।

मेयर न्यौपानेका अनुसार प्रतियोगितामा प्रथम हुनेले ८५,०७७, द्वितीयले ६५,०७७, तृतीयले ५५,०७७ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । पाँचजनालाई सान्त्वना पुरस्कार बापत जनही १६,०७७ रुपैयाँ प्रदान गर्ने उनले बताए । प्रतियोगितालाई व्यवस्थित गर्न विभिन्न आठ ठाउँमा चेकप्वाइन्टको व्यवस्था गरिएको छ । चेकपोईन्टमा धावकहरुले दौडको नियम पालना गरे नगरेको निरिक्षण गरिने उनले बताए ।  

व्यास रेन्ज पोष्ट, पिजन हिल खहरे, पाथ्रा मन्दिर, पाताल सत्रसय, रिस्ति सोतिवेशी, सुनपोखरी, गाडापानि र पुलिम¥याङमा चेकपोष्ट रहनेछन् । ‘बढीभन्दा बढी धावकलाई यो प्रतियोगितामा सहभागि गराउने योजना हो । यसले पर्यटन प्रवद्र्धनमा सघाउने अपेक्षा गरेका छौ,’ उनले भने, ‘दुईवटा पर्यटकीय गन्तव्य जोड्न सघाउने अपेक्षा छ ।’  

पछिल्लो समय मानहुँकोट आन्तरिक पर्यटनमाझ निकै नै चर्चित गन्तव्य बनेका छ । मानहुँमा बिदाको दिन घुम्नका लागि ठुलो संख्यामा आन्तरिक पाहुना पुग्ने गरेका छन् । एकैदिन १५ हजारसम्म आन्तरिक पाहुना मानहुँकोट उक्लेको अनुमान नगरपालिकाको छ । ‘राजमार्गको नजिक पर्ने भएकोले मानहुँकोट आन्तरिक पर्यटकमाझ निकै नै चर्चित छ । तर, पुलिम¥याङ उत्तिसारो परिचित नभएपनि महत्वपूर्ण गन्तव्य हो,’ उनले भने, ‘अब मानहुँकोटको जस्तै प्रचार पुलिम¥याङको गर्न जरुरी छ ।’

प्रकाशित: ६ माघ २०७७ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App