१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिवलकी अरुणालाई प्रदेश सरकारको एकलाख

अरुणा शाहीलाई सम्मान गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन । साथमा भलिबल संघका पदाधिकारीहरु । तस्बिरः नागरिक

नेपाली महिला भलिवलकी कप्तान अरुणा शाहीलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रोत्साहन स्वरुप नगद एकलाख रुपैयाँ प्रदान गरेको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखरामा आयोजित सम्मान कार्यक्रममा शाहीलाई नगद एकलाख रुपैयाँ प्रदान गरेकी हुन् ।  

शाहीलाई पोखरामै कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघले समेत सम्मान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपुल्स च्वाई अवार्ड शाहीलाई दिएको थियो । शाहीलाई पिपुल्स च्वाईस अवार्डको हकदार बनाउन जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघले आर्थिक सहयोग अभियान नै शुरु गरेका थिए   नेपाल खेलकुद पत्रकार मञ्चले भलिबललाई टिम अफ दि ईयरबाट समेत पुरस्कृत गरेको थियो ।  

शाहीलाई जिताउन आर्थिक सहयोग जुटाउने उद्देश्यले पोखरामा दुईदिने मैत्रीपूर्ण भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो । मैत्रीपूर्ण भलिबल प्रतियोगिता, स्वदेश तथा विदेश एवं प्रतिबद्धता रकम गरी कुल १६ लाख ७३ हजार रुपैयाँ संकलन गरिएको थियो । मैत्रीपूर्ण भलिबलबाट २ लाख ५३ हजार सहयोग जुटाईएको नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए ।  

उनका अनुसार स्वदेश तथा विदेशबाट अरुणाकै सहयोगको लागि १३ लाख  ३९ हजार रुपैयाँ संकलन गरिएको थियो । मैत्रीपूर्ण भलिबल प्रतियोगितासहित संकलित रकमबाट अवार्ड विजेता बनाउन १० लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेका थिए । मैत्रीपूर्ण भलिबल प्रतियोगिता व्यवस्थापन खर्च एवं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको भोटिङ गरी १३ लाख रुपैयाँ खर्च गरिएको थियो । बचत मध्ये २ लाख ९२ हजार रुपैयाँ अरुणा शाहीलाई नै पोखरामा सम्मान गर्दै हस्तान्तरण गरिएको उनले जानकारी दिए । 

प्रकाशित: ४ माघ २०७७ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App