१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोमलमाया–खड्ग बस्नेत स्मृति फुटबलको उपाधि सुनकोसीलाई

कोमलमाया–खड्ग बस्नेत स्मृति फुलबल प्रतियोगिताको उपाधिका सुनकोसी गाउँपालिकाले जितेको छ ।  बाह्रविसे नगरपालिकाको पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा सम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई १–० गोलले स्तब्ध पार्दै सुनकोसीले उपाधि रक्षा गरेको हो । उपाधिसँगै सुनकोसीले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार हात पारेको छ । 

प्रतिस्पर्धात्मक खेलको ६१ औँ मिनेटमा सूर्य खत्रीले गरेको गोल नै जितको लागि निर्णायक बन्यो । यसअघि सुनकोसीले गरेको गोल अफसाइड करार हुँदा ऊ अग्रता बढाउनबाट बञ्चित भएको थियो । प्रतिस्पर्धात्मक खेल पस्केको मेलम्चीले एउटै टार्गेट प्रहार गर्न सकेन । खेलको म्यान अफ द म्याच सुनकोसीका कृजल खड्का चुनिए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए ।  

उपबिजेता मेलम्चीले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पायो । प्रतियोगिताको व्यक्तिगत बिधाको उपाधिमा सुनकोसीकै बर्चस्व रह्यो । सुनकोसीका सूर्य खत्री नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै सुनकोसीकै बिक्रम माझी र एरोन कार्की क्रमशः प्रतियोगिताको उत्कृष्ट डिफेन्डर र गोलरक्षकको उपाधि जिते । मेलम्चीका राजन माझी उत्कृष्ट फरवार्ड र मेलम्चीकै विकास लामा उत्कृष्ट मिडफिल्डर घोषित भए । उत्कृट खेलाडीले नगद सात हजार रुपैयाँ पुरस्कार र ट्र«फी पाए ।  

प्रतियोगितामा सार्क किर्तिमानधारी म्याराथन खेलाडी बैकुण्ठ मानन्धरलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानित गरिएको थियो । बिजेता टोली, खेलाडी र पुरस्कृतलाई पूर्वप्रधानमन्त्री तथा कांग्रस सभापति शेरबहादुर देउवाले ट्र«फी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरेका थिए ।  

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा साता चलेको प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहले प्रतिस्पर्धा गरेका थिए । विभागका संयोजक तथा पूर्वमन्त्री मेहनबहादुर बस्नेतका स्वर्गीय आमाबुबा कोमलमाया र खड्ग बस्नेतको स्मृतिमा प्रतियोगिता खेलाइएको थियो । झण्डै नौ लाख रुपैयाँ खर्च भएको प्रतियोगिताको सबै आर्थिक व्यवस्थापन बस्नेत परिवारले नै बेहोरेको आयोजकले जनाएको छ ।  

प्रकाशित: २९ पुस २०७७ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App