१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हिमपातमा खेल हुँदा जिदानद्वारा आलोचना

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राती ओसासुनासँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले उक्त खेललाई ‘फुटबल प्रतिस्पर्धा नभएको’ टिप्पणी गरेका छन्।

स्पेनमा भएको भारी हिमपातका कारण स्थगित गरिनुपर्ने खेल जबरजस्ती खेलाइएको आरोप लगाउँदै रियालका प्रशिक्षक जिदानले सो किसिमका टिप्पणी गरेका हुन्।ओसासुनासँग बराबरीमा रोकिएपछि रियालले एट्लेटिको मड्रिडलाई पछि पार्दै ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसरसमेत गुमाएको छ।यता बार्सिलोना भने लियोनल मेसीको दुई गोल प्रेरणाबाट ग्रानाडामाथि ४–० को सहज जितका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।शनिबारै  एट्लेटिको बिल्बाओविरुद्धका लागि तय भएको खेल स्थगित भएको थियो।

एट्लेटिको १५ खेलको समाप्तिमा ३८ अंकका साथ शीर्ष स्थानमा यथावत् छ।तीन खेल बढी खेलेका रियाल मड्रिड, बार्सिलोना र भिल्ला रियाल क्रमशः ३७, ३४ र ३२ अंकका साथ दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।पाम्पलोनास्थित ओसासुनाको मैदानमा भारी हिमपातका कारण खेलमा प्रभाव परेको थियो, तर पनि रेफ्रीले निर्बाध रूपमा खेल खेलाउने निर्णय लिए।‘हामीले खेल्यौं किनभने उनीहरूले हामीलाई खेल्न भने।तर अवस्था निकै कठिन थियो,’ जिदानले भने, ‘मेरो लागि यो फुटबल खेल नै होइन।तर पनि हामीलाई खेल्न बाध्य बनाइयो ।’

रियाल मड्रिडले मालागामा बिहीबार स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको बिल्बाओको सामना गर्दै छ।‘हामीले खराब मौसमलाई बराबरी पछिको बहाना बनाएका होइनौं,’ जिदानले भने, ‘सबैले फुटबल खेल हेर्न चाहेका थिए, आजको मौसम र मैदानको स्थिति फुटबल खेलका लागि सुहाउँदो थिएन ।’ यता मेसी र एन्टोनी ग्रिजमनको समान दुई गोलप्रेरित बार्सिलोनाले ग्रानाडाको चुनौती ४–० ले पन्छ्याएको हो।‘हामीले धैर्यताका साथ प्रदर्शन गरिरहेका छौं,’बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले भने, ‘हामीले जितको लय कायम राख्न यही प्रदर्शनलाई निरन्तरता दिन आवश्यक छ ।’

‘क्लब प्रशिक्षण सम्हालेको पहिलो दिनबाटै मैले मेसीसँग निरन्तर संवाद गरिरहेको छु,’कोम्यानले थपे, ‘उनी सधै टोलीका महŒवपूर्ण खेलाडी हुन्।कुनै खेलमा उनले गोल नगरेका पनि होलान्, त्यसले उनी खराब लयमा छन् भन्ने होइन ।’ यता सेभियाले रियाल सोसिडाडलाई ३–२ ले हराउँदा भिल्लारियालले सेल्टा भिगोलाई ४–० ले पराजित गरेको थियो।सोसिडाड र सेभिया समान ३० अंकका साथ क्रमशः पाँचौं र छैटांै स्थानमा छन्।यद्यपि, सेभियाले सोसिडाडभन्दा तीन खेल कम खेलेको छ ।

प्रकाशित: २७ पुस २०७७ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App