१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था स्थिर

भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ।  

गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो।

“सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ,” गाङ्गुलीको उपचारमा सम्लग्न चिकित्सक सरोज मण्डलले अस्पताल बाहिर पत्रकारहरूसँग भने।  

गाङ्गुली विरामी भएको खबरपछि उनलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तानका आफन्त तथा सुभेच्छुक अस्पताल परिसरमा जम्मा हुँदा ठूलो भीड लागेको छ।  

भारतीय क्रिकेट बोर्डको नेतृत्वसमेत गरिरहेका ४८ वर्षीय पूर्व कप्तान गाङ्गुलीको अवस्था अनुगमन गर्न अस्पतालले पाँच चिकित्सकहरूसहितको एक मेडिकल टोली गठन गरेको बताइएको छ।  

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले उनले गांगुलीको परिवारलाई उद्धृत गर्दै भने,“मैले गाङ्गुलीको परिवारसँग कुराकानीका क्रममा पारिवारिक एक सदस्यले उहाँको अवस्था स्थिर रहेको र उपचारमा राम्रो प्रतिक्रिया मिलिरहेको जानकारी पाएको छु।”  

गाङ्गुली सन् २०१९ मा सर्वसम्मतरूपमा बीसीसीआईको अध्यक्ष निर्वाचित भएका थिए। सफल खेलाडीको रूपमा उनले लामो समय भारतीय क्रिकेटको नेतृत्व गरेका थिए भने गाङ्गुलीले संयुक्त अरब इमिरेट्समा गत वर्ष सम्पन्न इन्डियन प्रिमियर लिग सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

वायाँ हातको जादुमयी खेलका लागि चिनिने गाङ्गुलीले सात हजार २१२ र  र १६ सेन्चुरीको रेकर्ड कायम गरी टेस्ट क्रिकेटबाट सन् २००८ मा विदा लिएाक थिए। उनले एक दिवसीय ३११ अन्तर्राष्ट्रिय खेलबाट एघार हजार ३६३ रनको रेकर्ड बनाएका छन्।

हाल राष्ट्रिय टोलीका कप्तान रहेका अजिंक्य रहाणेले ट्वीट गर्दै गाङ्गुलीको स्वास्थ्य लाभको कामना गरेका छन्। “तपाईलाई शीघ्र स्वास्थ्य लाभको लागि शुभकामना । एस एस गांगुली दादा तपाईं छिट्टै स्वस्थ हुनुहुनेछ भनेर हामी प्रार्थना गर्दछौँ।”

“मेरो विचार उनका परिवार र प्रशंसकहरुले यस घडीमा उहाँ छिट्टै भेट्ने विश्वाससाथ स्वास्थ्य लाभको कामना गरौँ,” भारतका प्रशिक्षक रवि शास्त्रीले ट्विटरमा लेखेका छन्।

प्रकाशित: १९ पुस २०७७ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App