७ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: सेमिफाइनल समीकरण पूरा

सुदूरपश्चिमले बाग्मती प्रदेशलाई हराएसँगै दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।  

सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमसँग खेल्नेछ भने समूह ‘बी’ को विजेता प्रदेश–१ ले समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल शनिबार र फाइनल आइतबार हुनेछन्।  

सुदूरपश्चिमले बिहीबार बाग्मती प्रदेशलाई २८ रनले पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको ७७ रनको लक्ष्य पछ्याएको बाग्मती ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रनमा सीमित भयो। बाग्मतीका लागि ओपनर सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमकी कविता जोशीले ह्याट्रिकसहित पाँच विकेट हात पारिन्। दुई ओभर बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर उक्त विकेट लिएकी थिइन्।  यस्तै टोलीका लागि कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले पनि १/१ विकेट लिए। त्यसअघि खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाएर ७६ रन बनाएको थियो।  

सुदूरपश्चिमकी डोली भट्टले १४ बलको सामना गर्दै २ चौका र २ छक्कासहित २८ रन बनाइन्। ओपनर कविता कुँवरले १९ रन बनाउँदा कविता जोशीले १२, मन्जु बोगटीले ५ र रेवती धामीले २ रन बनाएका थिए। बलिङतर्फ बाग्मतीका लागि आरती बिडारीले तीन विकेट हात पार्दा निशा तामाङले १ विकेट लिइन् ।

प्रकाशित: १७ पुस २०७७ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App