१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लुम्बिनी प्रदेशको कप्तानमा नेरी

छनोट खेल खेलेर बाहिरिदै नेरी थापा । तस्विरः कमल खत्री

नेरी थापाको कप्तानीमा १४ सदस्यीय लुम्बिनी प्रदेश महिला क्रिकेट टोली छनोट गरिएको छ । बाँकेमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । नेपालगन्जमा भएको छनोट प्रतियोगितामा बाँके, दाङ र रुपन्देहीको सहभागिता रहेको थियो । 

नेपाल क्रिकेट संघ(क्यान) प्रतिबन्ध पछि बाँकेमा पहिलो पटक संघको आधिकारिक प्रतियोगिता भएको थियो । जसले महिला क्रिकेटरमा उत्साह जगाएको छ ।  

नेपाली क्रिकेट टोलीकी कप्तान समेत भैसकेकी नेरीले नेतृत्व गर्ने लुम्बिनी प्रदेशको टोलीमा बाँकेकी गिता गुसाई, स्वस्तिका बजगाईं, सरिता जिसि, दाङकी सरस्वती जिएम, शर्मिला रोका, लक्ष्मी चौधरी र मधु डिसी रहेका छन् । यसैगरी रुपेन्देहीकी सरस्वती पुन( उप–कप्तान), कृतिका मरासिनी, नितु भण्डारी, एलिसा केसी, बर्षा राना र सुस्मिता भुसालले टोलीमा स्थान बनाएका छन ।  

बैकल्पिक खेलाडीको सुचिमा आसुमा पुलामी, सोनम पुन, कृृती सेन र जिज्ञासा थापा रहेको लुम्बिनी प्रदेशको महिला क्रिकेट छनोट समिति संयोजक मगर कैलाश रोकामगरले बताए ।

छनोट भएका खेलाडीले लुम्बिनी प्रदेशको नेतृत्व गरेर प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्ने छन् ।

प्रकाशित: ६ पुस २०७७ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App