४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

सर्वाधिक धनराशीको व्याडमिन्टन प्रतियोगिताः फाइलनमा प्रिन्स र नविन भिड्ने

मुलुकमै सर्वाधिक नगद पुरस्कार राशीको तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ व्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि युवा खेलाडी प्रिन्स दाहाल र नविन श्रेष्ठ भिड्ने भएका छन्।

प्रतियोगिता अन्तर्गत शुक्रबार सदरमुकाम चौतारामा भएको राष्ट्रि«य एकल पुरुष तर्फको सेमिफाइलन खेल जित्दै सिल्क ग्रुगका प्रिन्स र त्रिभुवन आर्मी क्लबका नविनले फाइनलमा भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा नेपाल नम्बर एक रत्नजित तामाङलाई स्तब्ध बनाउँदै युवा सनसनी प्रिन्स उपाधि नजिक पुगेका हुन्।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा प्रिन्सले आर्मीका रत्नजितलाई २१–१९ र २१–१६ को सोझो सेटमा निराश तुल्याए। त्यस्तै दोस्रो सेमिफाइलनमा आफ्नै सहकर्मी रुकेश महर्जनलाई पाखा लागाउँदै आर्मीका नविनले फाइलनमा स्थान सुरक्षित गरेका हुन्। नविनले रुकेशलाई २१–१७ र २१–१० को सोझो सेटमै पराजित गरे। सेमिफाइलनमा पराजित रत्नजित र रुकेशले तेस्रो स्थान प्राप्त गरे।

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवद्र्धन र तोप–२१ को आयोजनामा सातादेखि चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रि«यतर्फ पुरुष एकल गरी तीन विधामा प्रतिस्पर्धा गराइएको छ। उपाधिका लागि राष्ट्रि«य पुरुष एकल र जिल्ला युगलको फाइलन खेल शनिबार हुने छ।  

जिल्ला युगल जोडी तर्फ चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठ तथा त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेक गुरुङ र युवराज अधिकारीले उपाधिका लागि भिड्ने छन्। त्यस्तै जिल्ला पुरुष एकलको उपाधि भने त्रिपुराकै अभिषेकले जितिसकेका छन्। उनले चौताराका सुरेन्द्र श्रेष्ठलाई हराउँदै उपाधि रक्षा गरेका थिए।  

राष्ट्रि«य पुरुष एकलको बिजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उपबिजेताले ५५ हजार पाँच सय ५५ हात पर्ने छन्। सेमिफाइनलिस्ट (तृतीय) दुई जनाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। जिल्ला युगल बिजेता जोडीले नगद ४० हजार, उपविजेताले ३० हजार पाउँदा एकलतर्फको बिजेताले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार थाप्ने छन्। दुबै विधाका सेमिफाइनलिस्ट दुई÷दुई जनाले नगद पाँच–पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन्।  

राष्ट्रि«य प्रतियोगितातर्फको नगद पुरस्कार मुलुकको व्याडमिन्टन खेल इतिहासमै सर्वाधिक भएको आयोजकको दाबी छ। कोरोना महामारी सुरु भएयता आठ महिनापछि पहिलो पटक व्याडमिन्टन प्रतियोगिता खेलाइएको हो। आयोजक तोप–२१ ले यसअघिका दुई संस्करणमा मुलुकका ए डिभिजन क्लबबीच फुटबल प्रतियोगिता खेलाएको थियो। कोरोना महामारीका साथै चौताराको टुँडिखेल मैदानमा मिनी रंगशाला बन्दै गरेका कारण प्रतियोगितालाई निरन्तरता दिन यो वर्ष व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको आयोजक तोप–२१ का अध्यक्ष अशोक कार्कीले बताए।

प्रकाशित: २६ मंसिर २०७७ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App