२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि पोखरामा क्रिकेट छनोट प्रतियोगिताको शुरुवातसँगै नौ महिनापछि खेलकुद गतिविधि सुरु भएको छ। मंगलबारदेखि लामो समयपछि क्रिकेटको छनोट प्रतियोगिता सुरुभएसँगै खेलकुद गतविधिको शून्यताको अन्त्य भएको छ।  

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबारदेखि शुरु भएको छनोट प्रतियोगिताको उद्घाटन खेल माछापुच्छ«े क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबमाथि १४ रनको जित निकाल्दै सुरुवात गरेको छ। टस हारेर व्याटिङ्गमा उत्रिएको माछापुच्छ«े क्रिकेट क्लबले दोस्रो विकेटको लागि कप्तान दिपेश खत्री र अभिषेक थापाको उत्कृष्ट पारी खेलेपछि २ सय ७१ रनको योगफल तयार पारेको थियो।  

पुरै ५० ओभर खेल्ने क्रममा माछापुच्छ«ेले ४१ ओभर टुंगिदाँ केवल एक विकेट गुमाएर खेलिरहेको थियो। बाँकी ९ ओभर टुग्याउँदा थप ५ विकेट गुमाउन पुग्यो। ६ विकेटको क्षतिमा २७१ रनको लक्ष्य दिने क्रममा कप्तान खत्रीले १३३ को शतकीय पारी खेले। उनले १३५ बल खेल्दै ११ चौका र ७ छक्का हिर्काए। उनी देव शाहको बलमा सिधा अगाडि छक्का हान्ने क्रममा बाउण्ड्रीमा क्याच हुदैं पभेलियन फर्किएका थिए। माछापुच्छ«े पहिलो विकेट मनोज कोईरालालाई सस्तैमा गुमाएको थियो। अभिषेक थापाले ९४ रनको पारी खेले। थापा र खत्रीको जोडीले २१५ रनको साझेदारी गरेका थिए। उनी अविजित रहँदै उत्कृष्ट पारी खेल्ने क्रममा केवल ६ रनले मात्रै शतक पुरा गर्नबाट चुके। उनले १२७ बल खेले। ७ चौका र २ छक्का उनको स्कोरमा चढ्यो। पोखरा क्रिकेट क्लबका देव साहले ३ विकेट लिए।  

२७२ रनको लक्ष्य पाएको पोखरा क्रिकेट क्लब भने २५७ रनमा समेटियो। साहिल कार्कीले शतकीय पारी खेल्दै जितको आशा जगाएपछि जित नजिक पुगेर झिनो रनअन्तरले पराजित हुन पुग्यो। कार्कीले मध्यक्रमको व्याटिंग सम्हाल्ने क्रममा १२७ बल खेल्दै १०१ रनको पारी खेले। उनले १३ चौका हिर्काए। सुवास भण्डारी, गोविन्द प्रधान र प्रमोद बास्तोलाले क्रमश २६ रन जोडे। पोखरा क्रिकेट क्लबले पाँचौ विकेटको लागि ५८ रनको साझेदारी निभाए। जुन सबैभन्दा उत्कृष्ठ साझेदारीको रुपमा रह्यो। पोखरा क्रिकेट क्लबका बलर अमृत गुरुङले ५८ रन खर्चिएर ४ विकेट लिए। कप्तान दिपेश खत्रीले पनि २ विकेट आफनो नाममा राखे।  

बुधबारको प्रतिस्पर्धा सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलसँग खेल्ने छ। छनोट प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले खेलकुद संघभित्र हुने राजनीतिक लुछाचुँडीले खेल क्षेत्र धरापमा पर्दै गएको उल्लेख गरे। उनले खेलकुद व्यवसायिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए। नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले कोरोना कहरमै क्रिकेट प्रतियोगिताबाट खेलकुद गवितिधिले गतिले लिने विश्वास व्यक्त गरे। खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष एकराज गिरीले पनि लामो समयपछि खेलकुदको गतिविधिले खेलाडीहरुमा नयाँ उत्साह थपिएको बताए। कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना कहरकै बीचमा क्रिकेट प्रतियोगिताले खेलकुदलाई लयमा फर्काउने विश्वास व्यक्त गरे।  

प्रकाशित: २३ मंसिर २०७७ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App