६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अभिलाषालाई स्वर्ण

नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आइटिएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट–१ मा शनिबार स्वर्ण जितेकी छन्।  

गल्र्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासँग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरिन्। गल्र्स सिंगल्समा भने अभिलाषा दोस्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्। फाइनलमा रसियाकी एरिनाले अभिलाषालाई हराइन्। पाकिस्तानमा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावत दोस्रो भए। फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसँग पछि प¥यो। नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा रसिया, स्पेन, अमेरिका, नेपाल, पकिस्तान, ग्रेट ब्रिटेन, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य विष्टले जानकारी गराए। सर्किट– २ सोमबारदेखि सुरु हुनेछ।

प्रकाशित: १५ मंसिर २०७७ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App