१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियालाई शृंखला

स्टिभ स्मिथले लगातार दोस्रो खेलमा पनि शतक पूरा गरेको दिन आइतबार अस्ट्रेलियाले भ्रमणकारी टोली भारतविरुद्ध ५१ रनको जितका साथ तीन एकदिवसीय खेलको शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ।

अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ९० रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन मात्र जोड्यो। यसअघि शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा पनि अस्ट्रेलियाले भारतमाथि ६६ रनको जित हात पारेको थियो। सो खेलमा कप्तान एरोन फिन्चसँगै स्मिथले समेत शतक पूरा गरेका थिए।

ओपनर शेखर धवन र मायंक अग्रवालले पहिलो विकेटका लागि ५८ रनको साझेदारीका साथ भारतलाई सुखद सुरुआत दिलाएका थिए। तर २ रनको अन्तरमा २ विकेट गुमाएपछि भने भारत ६०–२ को अवस्थामा पुगेको थियो। तेस्रो विकेटका लागि कप्तान विराट कोहोली र श्रेयस ऐयरले ९३ रनको साझेदारीका साथ भारतको इनिङ उकास्ने प्रयास गरेका थिए। ३८ रन जोडेका ऐयरलाई मोइसिस हेनरिक्युसले स्मिथबाट क्याच गराएका थिए। त्यसपछि ब्याटिङका लागि आएका लोकेश राहुल र कोहलीसँग चौथो विकेटका लागि ७२ र पाँचांै विकेटका लागि हार्दिक पाण्ड्यासँग ६३ रनको साझेदारी गरेका थिए। ८७ बल खेलेका कोहलीले जस हाज्लेउडको बलमा हेनरिक्युसबाट क्याच हुनुअघि ७ चौका र २ छक्काको मद्दतमा ८९ रन जोडे। राहुलले भने एडम जाम्पाको बलमा हाज्लेउडबाट क्याच हुनुअघि ६६ बलमा ४ चौका र ५ छक्का मद्दतमा ७६ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई शृंखलामा फर्काउन भने सकेनन्।

अस्ट्रेलियाका प्याट कमिङ्सले ३, जाम्पा र हाज्लेउडले समान २ तथा हेनरिक्युस र ग्लेन म्याक्सवेलले समान १ विकेट लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रनको विशाल योगफल खडा गरेको थियो। अस्ट्रेलियालाई बलियो योगफलसम्म पु¥याउने क्रममा स्मिथले ६४ बलमा १४ चौका र २ छक्काको मद्दतमा १ सय ४ रन बनाएका थिए। पहिलो विकेटका लागि फिन्च र डेविड वार्नरले १ सय ४२ रनको साझेदारीका साथ घरेलु टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। वार्नरले ७७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ८३ र फिन्चले ६९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ६० रन जोडेका थिए।

स्मिथले तेस्रो विकेटका लागि मार्नोस लाबुसेनसँग १ सय ३६ रनको महत्वपूर्ण साझेदारी गर्दै अस्ट्रेलियालाई विशाल योगफलतर्फ डोे¥याएका थिए। लाबुसेन र म्याक्सवेलले चौथो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। लाबुसेनले ६१ बलमा ५ चौकाको मद्दतमा ७० रन जोड्दा म्याक्सवेलले २९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा अविजित ६३ रनको योगदान गरे।

भारतका मोहम्मद सामी, जसप्रीत बुमराह र हार्दिक पाण्ड्याले समान १ विकेट लिएका थिए।

प्रकाशित: १५ मंसिर २०७७ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App