१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बार्सिलोना अन्तिम १६ मा

च्याम्पियन्स लिग

बार्सिलोनाले घरेलु लिगमा आफ्नो खराब प्रदर्शन बिर्साउँदै मंगलबार डाइनामो किभमाथि ४–० को सहज जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

रोनाल्ड कोम्यानले यसै साता ला लिगामा एट्लेटिको मड्रिडसँग हार बेहोरेको थियो। तर युरोपेली प्रतियोगितामा भने बार्सिलोनाले समूहचरणको ४ खेलसम्म शतप्रतिशत नतिजालाई निरन्तरता दिएको हो। ५२औं मिनेटमा सेर्जिनो डेस्टले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि नै मार्टिन ब्राथह्वाइटले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। ७०औं मिनेटमा ब्राथह्वाइटले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै बार्सिलोनाको अग्रता ३–० मा पु¥याएका थिए। इन्जुरी समयको दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानले बललाई जाली चुमाउँदै बार्सिलोनाको सहज जित पक्का गरेका थिए।  

‘हामीले आफ्नो उद्देश्य पूरा गरेका छौं,’ कोम्यानले भने, ‘हामी गोलका भोका थियांै,त्यसै कारण ४ गोल ग¥यांै। लियोनल मेसीलगायतका महŒवपूर्ण खेलाडीलाई आराम दिइए पनि उनीहरूको स्थानमा खेलेका युवा खेलाडीको प्रदर्शन तारिफयोग्य रह्यो।

समूह ‘जी’ मा बार्सिलोना ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा कायम छ। युभेन्ट्स समान खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ र इटालियन महारथीले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ। डाइनामो किभ र फेरेन्काभारोस ४ खेलमा समान १ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् र टोलीको यात्रा समूहचरणमा सीमित हुने पक्का भएको छ।  

समूह ‘जी’ मा बार्सिलोना ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा कायम छ। युभेन्ट्स समान खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ र इटालियन महारथीले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।

युभेन्ट्सले  नकआउट चरणमा प्रवेश गर्ने क्रममा फेरेन्काभारोसलाई २–१ ले हराएको हो। १९औं मिनेटमा मेर्तो उजानीले फेरेन्काभारोसलाई अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई खेलमा फर्काएका थिए। इन्जुरी समयको दोस्रो मिनेटमा अल्भारो मोराटाले गरेको गोलमा युभेन्ट्सले अन्तिम १६ मा स्थान पक्का गरेको हो।  

यता चेल्सीले पनि ओलिभर जिरौउडले इन्जुरी समयमा गरेको गोलमद्दतमा रेनिसमाथि २–१ को जितका साथ अन्तिम १६ मा स्थान पक्का गरेको छ। यसअघि २२औं मिनेटमा कालुम हडसन ओडोईले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो। तर खेल सकिन ४ मिनेट बाकी हुँदा सेरहोउ गोरिसेले रेनिसलाई खेलमा फर्काएका थिए।

समूह ‘ई’ मा चेल्सी र सेभिया समान ४ खेलमा समान १० अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् र दुवै टोली नकआउट चरण प्रवेश गरिसकेका छन्। एफसी क्रासनोडार र रेनिस समान १ अंकका साथ तेस्रो र चौथो स्थानमा छन्।  

सेभियाले नकआउट चरणमा स्थान पक्का गर्ने क्रममा क्रासनोडारलाई २–१ ले हराएको हो।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार भएको समूह ‘एफ’ मा डर्टमन्डले क्लब बर्जलाई ३–० ले हराउँदा लाजियोले जेनिट सेन्ट पिट्सबर्गमाथि ३–१ को सुखद नतिजा ल्यायो। त्यस्तै समूह ‘एच’ मा म्यानचेस्टर युनाइटेडले इस्तानबुल बसाकसेयरमाथि ४–१ को नतिजा निकाल्दा पेरिस सेन्ट जर्मन (पिएसजी) ले आरबी लिपजिगमाथि १–० को कठिन जित हात पा-यो।

प्रकाशित: ११ मंसिर २०७७ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App