२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइटिएफ पाँचथरको अध्यक्षमा तुम्वापो चयन

दीपेन्द्र तुम्वापोको अध्यक्षतामा नेपाल तेक्वाण्डो महासंघ (आइ.टि.एफ.) पाँचथरको नयाँ कार्य समिति चयन भएको छ।

पाँचथरको फिदिमा आयोजित कार्यक्रममा दीपेन्द्र तुम्वापोको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन भएका छन्। समितिको उपाध्यक्षमा मनोज खती र हर्कराज तुम्वापो, सचिबमा सुन्दर मोहाङ, कोषाध्यक्षमा रमेश निरौला चयन भए। त्यस्तै सदस्यहरू धारणा नेम्वाङ, नयन आङ्बोलगायत रहेका छन्।  

नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष प्रवीणकुमार कार्की, जिल्ला खेलकुद विकास समिति पाँचथरका कार्यालय प्रमुख मातृकाप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै आइटिएफका केन्द्रीय उपाध्यक्ष कार्कीले तेक्वाण्डो खेलको विकास र यस खेलप्रति आकर्षण बढाउन राज्यले लगानी गरिनुपर्नेमा जोड दिए। 

खेलकुद क्षेत्रले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने भएकोले यस क्षेत्रमा तीन तहको सरकारले विशेष प्राथामिकतामा राख्नुपर्ने कार्कीले बताए।

प्रकाशित: ९ मंसिर २०७७ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App