१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मखन बुद्धिचाललाई जी मोटर्सको साथ

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि कैलाशबाबु गेलाल (बायाँ) र सुजेन्द्रप्रसाद श्रेष्ठ।

मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जी मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ।

क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले त्यससम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेका हुन्।

गेलालले मखन चेस क्लबसँग हालका लागि तीन वर्षको सम्झौता भएको जानकारी गराए।

‘मखन चेस क्लबमार्फत बुद्धिचाल खेलमा जोडिन पाउँदा हर्षित छांै। यो हाम्रो सुरुआत मात्र हो,’ गेलालले भने, ‘हामीले आफ्नो संस्था र बुद्धिचाल खेलको प्रवद्र्धनका लागि क्लबसँग सम्झौता गरेका हौं। सुरुआती चरणमा हामीले तीन वर्षको सम्झौता गरेका छाैं। अवस्था हेरेर यसलाई निरन्तरता दिने पक्षमा छौं।’  

अध्यक्ष श्रेष्ठले बुद्धिचालमार्फत विश्वमा नेपाललाई चिनाउने आफ्नो उद्देश्य रहेको बताउँदै धेरैभन्दा धेरै प्रतियोगिता हुने वातावरण बनाउन सकेको खण्डमा मात्र त्यो उद्देश्य पूरा गर्न सकिने धारणा व्यक्त गरे। उनले क्लबसँग सहकार्य गरेकोमा जी मोटर्सलाई धन्यवाद दिँदै कोरोना भाइरसको जोखिम न्यूनीकरण भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा तयारी थाल्ने बताए।

प्रकाशित: ९ मंसिर २०७७ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App