१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रंगशालामा ट्रेनिङले बढायो चहलपहल

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पोखरा रंगशालाको कभर्ड हलमा स्ट्रेचिङ गर्दै । तस्बिर: नागरिक

पोखरा रंगशाला प्रवेशको लागि खुला नभएपनि विभिन्न खेलहरुको प्रशिक्षण भने शुरु गरिएको छ । लामो समय बन्द भएको रगशालामा प्रशिक्षण शुरु भएपछि चहलपहल समेत बढेको छ । राष्ट्रिय खेलकुद परिषदले खेलकुद गतिविधि सञ्चालन गर्ने पोखरा रंगशालामा अनुमति दिईसकेको छैन । यद्यपी खेलाडीहरु लामो समयसम्म प्रशिक्षण विहीन हुदा समस्यामा थिए । रंगशाला नखुलेको भएपनि प्रशिक्षण गर्न थालेपछि खेलकुदको माहौल विस्तारै बढ्दै गएको छ ।  

कास्की जिल्ला टेनिस संघले बालबालिकालाई ‘जुनियर टेनिस इनिसियसन’ नै गर्यो । ‘दशदिनको जेटिआई(जुनियर टेनिस इनिसियसन) गरियो । बालबालिकालाई टेनिसप्रति प्रेरित गरायौं’ कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष लोक गुरुङले भने–‘अभिभावकले पनि आफना बालबालिकालाई सँगै लिएर आए प्रशिक्षण गराए । उत्साहित थिए ।’ बालबालिकाको प्रशिक्षणलाई भने नियमित गरिएको छ ।  

रंगशालाभित्र इण्डोर तथा आउटडोरका खेलहरुको प्रशिक्षण भने शुरु भईसकेको छ । प्रशिक्षण शुरु गरिएपछि रंगशाला प्रवेशमा बन्देज भने छैन् । तर आधिकारिक रुपमा पोखरा रंगशाला भने प्रशिक्षणको लागि भने खुलाइएको छैन् । खेलाडीहरु नै स्वयं प्रशिक्षण गर्न प्रवेश गर्दै आएका छन् । उनीहरुलाई रोकतोक गरिएछैन् । जिल्ला खेलकुद विकास समिति कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा राष्ट्रिय खेलकुद परिषदको खुलाइएको निर्देशन एवं पत्रचारको पखाईमा छ । पत्राचार एवं निर्देशन नभईकन आधिकारिक रुपमा पोखरा रंगशालाभित्र प्रशिक्षण गर्न पाईदैन् । समूहगत खेललाई प्रशिक्षण नगराउन राखेपले कोभिड–१९को त्रासकैकारण रोक लगाउँदै आएको छ ।  

त्रासकै बीचमा पोखरा रंगशालाभित्र भलिबल, बास्केटबल, टेनिस, व्याडमिन्टन, मार्शल आर्टस तथा स्क्वास खेलको प्रशिक्षण एवं खेल्न शुरु गरिसकिएको छ । प्रशिक्षण एवं खेल्ने खेलाडीहरुको जमघटले पोखरा रंगशाला खेलाडीमय हुदैं गएको छ । स्वास्थ्यका लागि खेलकुद नारालाई सार्थक दिन यतिबेला खेलाडी मात्रै नभई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ समेत फुर्सद निकालेर रंगशाला खेल्न आउने गरेका छन् ।  

मन्त्री गुरुङ स्क्वास खेल्दै आएका छन् । उनको खेलप्रतिको अभिरुचीले युवापुस्तामा उर्जा र हौसला थपिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले बताए । ‘मन्त्रीज्यूको आगमनले युवापुस्तालाई खेलकुदप्रति उत्साह जगाएको भान गरेका छौं ।’ उनको भनाई थियो । मन्त्री गुरुङ पछि नियमित रुपमा स्क्वास खेल्न पोखरा रंगशाला आउने गरेका छन् । उनले रंगशालाभित्र दुईघण्टा विताउँछन् । ‘कार्यक्रमले व्यस्तता भए र पोखरा बाहिर गएको अवस्थामा मात्रै खेल्न भ्याउन्न नत्र सधै जसो स्क्वास खेल्न आउँछु ।’ मन्त्री गुरुङको भनाई थियो । उनका अनुसार स्क्वासको खेल्न कुर्नुपर्छ ।

क्रिकेटका अन्तर्राराष्ट्रिय खेलाडी करण केसी पनि नियमित जसो प्रशिक्षणको लागि पोखरा रंगशाला क्रिकेट मैदान छिर्छन् । बनाइएको नेटमा प्राक्टिस गर्ने उनको दिनचर्या नै हो । ‘नेटमा युवाहरु प्राक्टिस गर्न आउँछन् । करण केसी आउँदा युवाहरुलाई अझै उत्साहित बनाएको छ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल बताउँछन् । बास्केटबलका प्रशिक्षक प्रदिप रसाईलीले पनि खेलाडीहरुलाई कोर्टमा प्रशिक्षण दिदैं आएका छन् ।

प्रकाशित: २ कार्तिक २०७७ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App