१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्लबको महत्वाकांक्षी योजनाले आकर्षित

सरुवा बजारको अन्तिम दिन आर्सनल भित्रिएका थोमस पार्टेले क्लबको महत्वाकांक्षी योजनाले आकर्षित भएर आफू इमिरेट्स भित्रिएको बताएका छन् ।

पार्टेलाई आर्सनलले विगत लामो समयदेखि क्लबमा भित्र्याउन चाहे पनि यसै सिजन सरुवा बजारको अन्तिम दिन मात्र त्यो लक्ष्य सफल भएको थियो। पार्टे एट्लेटिको मड्रिडबाट ४५ मिलियन पाउन्डमा भित्रिएका हुन्। आर्सनलले सिजनको सुरुआतमै ब्राजिलका विलियानलाई चेल्सीबाट फ्री ट्रान्सफरमा भित्र्याएको थियो भने लिलेका रक्षक ग्याब्रियल मगाल्हेजलाई पनि अनुबन्धित गरेको थियो। तर कप्तान पियरे इमेरिक औबामेयाङसँगको सम्झौता ३ वर्ष थप गर्नु आर्सनलको यस सिजनका लागि फलदायी बनेको थियो।  

औबामेयाङ २०१८ मा आर्सनल भित्रिएका थिए। त्यसयता आर्सनलले च्याम्पियन्स लिगमा स्थान बनाउन सकेको छैन। सिजनको सुरुआतअघि औबामेयाङलाई प्रिमियर लिगकै शीर्ष क्लबहरूले समेत अनुबन्धित गर्ने प्रयास गरेका थिए । ‘क्लबले महत्वाकांक्षी लक्ष्य लिएको छ र म उनीहरूको योजनाबाट आकर्षित भएँ,’ पार्टेले भने, ‘टोलीमा औबमेयाङजस्ता स्टार खेलाडी छन्। अबको हाम्रो लक्ष्य भनेको धेरैभन्दा धेरै उपाधि जित्ने हो। यौ नै क्लबको एक मात्र उद्देश्य हो र मलाई विश्वास छ हाम्रो टोली यसका लागि सक्षम छ।’

प्रिमियर लिगअन्तर्गत शनिबार म्यानचेस्टर सिटीविरुद्ध हुने खेलसँगै पार्टेले आर्सनलबाट प्रिमियर लिगमा डेब्यु गर्ने सम्भावना रहेको छ। तर पार्टेले भने नयाँ टोली र नयाँ लिग भएकाले आफूलाई स्वाभाविक लयमा आउन केही समय लाग्ने समेत बताए। ‘ममाथि कुनै दबाब छैन,’ उनले भने, ‘म नयाँ चुनौतीको सामना गर्न तयार छु। आशा छ, म स्वाभाविक लयमा नै हुन्छु।’

प्रकाशित: २९ आश्विन २०७७ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App