१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

समर्थकसहित फ्रेन्च ओपन आजबाट

 (सिएनएन)– विश्वले कोभिड १९ महामारीका कारण ग्रान्ड स्लाम पुनरागमनका लागि सात महिना पर्खनुप¥यो। अहिले भने एउटा ग्रान्ड स्लाम सकिएको दुई साता नबित्दै अर्को दुई ग्रान्ड स्लाम आइसकेको छ।  

मेमा फ्रेन्च ओपन सुरु हुनुपर्ने भएता पनि यस पटकको प्रतियोगिता सेप्टेम्बर २७ अर्थात् आइतबारबाट मात्र सुरु हुँदै छ। युएस ओपन सकिएको दुई सातापछि र इटालियन ओपन सकिएको एक सातापछि फ्रेन्च ओपन सुरु हुन लागेको हो। इटालियन ओपनलाई फ्रेन्च ओपनका लागि परम्परागत अभ्यास प्रतियोगिताका रूपमा लिइँदै आएको छ।  

युएस ओपन र इटालियन ओपनमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइए पनि फेन्च ओपनमा सीमित दर्शकको उपस्थिति रहनेछ।

महिलातर्फ साबिककी विजेता एस्लेघ बार्टीले यसअघि नै कोरोना भाइरसको कारण देखाउँदै युएस ओपनसहित फ्रेन्च ओपनसमेत नखेल्ने घोषणा गरिसकेकी छिन्। यता १२ पटकका फ्रेन्च ओपन विजेता राफाइल नाडाल र २०१८ की च्याम्पियन सिमोना हालेफले भने युएस ओपन नखेले पनि फ्रेन्च ओपन खेल्दै छन्। क्ले कोर्ट तयारीका लागि नाडाल र हालेफले प्रतियोगिता खेल्न लागेको बताइएको छ। विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिच र अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले भने युएस ओपनमा समेत सहभागिता जनाएका थिए र यो प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्दैै छन्।

पुरुषतर्फ जोकोभिच र नाडालसहित युएस ओपनका नव विजेता डोमिनिक थिमलाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ। जोकोभिच २०२० सुरु भएयता अपराजित रहँदै आएका थिए।

यद्यपि लाइन जजमाथि बल प्रहार गरेको भन्दै युएस ओपनबाट बाहिरिएका थिए। उनले हालै मात्र इटालियन ओपनको उपाधि जितेका थिए। जोकोभिचको यो पाँचाैं इटालियन ओपन उपाधि हो।  

नाडालको भने पछिल्लो १५ वर्षमा रोलान्ड–गारोसमा छुट्टै पहिचान बन्दै आएको छ, जसले १२ पटक फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्। पेरिसमा उपाधि चुमेमा नाडालले स्विस टेनिस स्टार रोजर फेडेररको २०औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्नेछन्।

‘धेरै जना यसमा सहमत छन्, उनलाई विश्व टेनिसको शीर्ष खेलाडीका रूपमा लिइन्छ र उनको कीर्तिमानले पनि उनको उत्कृष्टता प्रमाणित गर्छ। जोकोही उनीसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ इटालियन ओपनको उपाधि जितेपछि जोकोभिचले नाडालबारे भनेका थिए, ‘तर डिएगोले उनलाई इटालियन कपमा निराश पार्दैै, नाडाललाई क्ले कोर्टमा हराउन सकिन्छ भन्ने देखाएका छन्। उनी विश्व टेनिसका उत्कृष्ट खेलाडी भए पनि उनलाई हराउने क्षमता राख्ने अन्य खेलाडीले पनि प्रतियोगितामा भाग लिएका छन्।’

यता महिलातर्फ इटालियन ओपन विजेता हालेप, दोस्रो पटक फ्रेन्च ओपन जित्ने दाउमा छिन्। विश्व नम्बर एक बार्टी र युएस ओपन विजेता नाओमी ओसकाको अनुपस्थितिले पनि हालेफको सम्भावना चुलिएको हो।  

‘मलाई कुनै दबाब छैन। म सहजै दबाब झेल्न सक्छु,’ हालेफले भनिन्, ‘म यसअघि पनि विश्व नम्बर एक हुँदै ग्रान्ड स्लामहरू खेल्दै आएको थिएँ। त्यो समयको भन्दा अहिले दबाब बढी हुनुपर्ने हो तर मलाई त्यस्तो लाग्दैन। मलाई प्रतियोगिताको दाबेदार मानिएको छ र यसका लागि म सक्षम छु। प्रत्येक खेल फाइनलसरह छ।’

इटालियन ओपनकी फाइनलिस्ट कारोलिना प्लिसकोभा, विश्वकी पूर्वनम्बर एक इलिना साभितोलिना र अस्ट्रेलियन ओपन विजेता वरीयतामा हालेफभन्दा पछि छन्। यता सेरेना भने अझै मार्गरेट कोर्टको २४औं ग्रान्ड स्लाम कीर्तिमान बराबरी गर्ने दौडमा छिन्।

शनिबार मात्र ३९ वर्षमा प्रवेश गरेकी सेरेनाले पछिल्लो पटक सन् २०१७ मा २३ औं ग्रान्ड स्लाम जितेकी थिइन्। त्यसयता ४ पटक ग्रान्ड स्लामको फाइनल प्रवेश गरे पनि उनी २४औं ग्रान्ड स्लाम कीर्तिमान भेट्टाउन असफल हँुदै आएकी छिन्।

समर्थकको पनि पुनरागमन

कोभिड १९ को कारण युएस ओपनमा समर्थकलाई प्रवेश अनुमति दिइएको थिएन। फ्रेन्च ओपनका आयोजकले भने प्रतियोगितामा दैनिक ५ हजार दर्शकलाई मैदान प्रवेश अनुमति दिने घोषणा गरे पनि पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रूपमा बढेसँगै अहिले दैनिक १ हजार दर्शकलाई मैदान प्रवेश अनुमति दिने तयारी छ।

प्रकाशित: ११ आश्विन २०७७ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App