१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जोकोभिचको सुखद सुरुआत

सर्बियाका नोभाक जोकोभिचले इटालियन ओपनमा सुखद सुरुआत गरेका छन्। युएस ओपनबाट अयोग्य हुँदै बाहिरिएपछिको यो उनको पहिलो खेल हो।  

प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गर्ने क्रममा जोकोभिचले इटालीका साल्भाटोरे कारुसोमाथि ६–३,६–२ को सोझो सेटमा विजय हात पारेका हुन्।

४ पटकका रोम विजेता जोकोभिचले क्वार्टरफाइनल प्रवेशका लागि सर्बियाका फिलिप क्राजिनोभिच र इटालीका मार्को सिसेनाटोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।  

२०२० मा अपराजित रहँदै आएका जोकोभिच सेप्टेम्बर ६ मा युएस ओपनमा लाइन जजमाथि बल प्रहार गरेको भन्दै प्रतियोगिताबाट अयोग्य हुँदै बाहिरिएका थिए।

प्रकाशित: १ आश्विन २०७७ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App