६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सरेनाको उत्कृष्ट पुनरागमन जीत

सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । अमेरिकाकी ६ पटककी च्याम्पियन ३८ बर्षिया सेरेनाले क्वार्टरफाइनलको खेलमा बुल्गेरियन खेलाडी स्वेताना पिरोनकोवालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेकी हुन् ।

खेलको सुरुवातमा संघर्ष झेलेकी सेरेनाले उत्कृष्ट पुनरागमन गरिन्।  पछिल्लो तीन बर्षमा पहिलोपटक प्रतियोगिता खेलिरहेकी विना वरियताकी पिरोनकोवाले कडा टक्कर दिएपनि सेरेनालाई पराजित भने गर्न सकिनन् ।

जितसंगै सेरेनाले कीर्तिमानी २४ औं सिंगल ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई जिवितै राखेकी छिन् ।

पछिल्लो पटक २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी सेरेनाले पछिल्ला ३ बर्षमा पाँचौ ग्रान्डस्लामको फाइनलमा पुग्न आफू आतुर रहेको प्रतिक्रिया दिएकी छन् ।  उनले आफ्नो खुट्टामा केही समस्या भएतापनि जितले सधै हौस्याई रहने बताइन् ।

सेरेनाले अव फाइनल प्रवेशका लागि पूर्व विश्व नम्बर १ भिक्टोरिया अजारेन्का र बेल्जियमकी १६ औं वरियताकी एलिस मेर्टेसबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित: २५ भाद्र २०७७ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App