२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सेरेना क्वार्टरफाइनलमा

सेरेना विलियम्सले संघर्षपूर्ण जितसहित युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाउँदा शीर्ष खेलाडी डोमिनिक थिम र ड्यानिल मेदभेदेभले पनि अन्तिम आठमा स्थान बनाएका छन्।

फ्लसिङ मिडोजमा विश्व नम्बर दुई अमेरिकन स्टार सोफिया केनिनको बहिर्गमन हुँदा सेरेनाले भने ग्रिसकी प्रतिद्वन्द्वी मारिया साकारीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै कीर्तिमानी २४औं ग्रान्ड स्लाम होड जारी नै राखेकी हुन्। सेरेनाले १५औं वरीयताकी मारिया साकारीविरुद्ध तीन सेटमार्पmत जित निकाल्न आफ्नो शक्ति प्रयोग गरेकी थिइन्। अमेरिकाकै सोफियाले भने बेल्जियमकी इलिज मार्टिन्ससँग स्तब्ध हुँदै घरेलु प्रतियोगिताको यात्रा टुंग्याइन्। आर्थर एस स्टेडियममा ३८ वर्षीया सेरेनाले दुई घण्टा ३० मिनेटको सघंर्षपश्चात् २५ वर्षीया मारियालाई ६–३, ६–७ (६–८) र ६–३ ले पराजित गरिन्।  

‘उनी निकै राम्रो प्रतिद्वन्द्वी हुन्। खेल निकै रामाञ्चक र प्रतिस्पर्धात्मक रह्यो,’ सेरेनाले भनिन्, ‘मलाई लाग्छ, उनीले यस पटक पहिलेको भन्दा राम्रो प्रदर्शन गरेकी थिइन्। उनीसँगको पछिल्लो भेटमा केही थकित पनि थिएँ। यस पटक लामो समय खेल्न सक्छु भन्ने थियो।’ गत महिना वेस्टर्न एन्ड साउथर्न ओपनमा भने सेरेना मारियासँग स्तब्ध भएकी थिइन्। सेरेनाले पहिलो सर्भिसबाट अंक गुमाउँदा साकारीले भने सफलता हात पारेकी थिइन्। त्यससँगै सेरेनाले खेलमा पछि परे पनि पुनरागमन गर्दै सफलता निकालिन्। ‘यो नै मेरो लक्ष्य थियो। मैले जे गर्नु पथ्र्यो त्यो गर्न सफल भएँ, त्यसैले आज निकै भावुक भएकी छु,’ सेरेनाले थपिन्।  

सेरेनाले सेमिफाइनल यात्राका लागि बुल्गेरियाकी स्भेटाना पिरोनकोभासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोनकोभाले भने फ्रान्सकी एलिज कर्नेटलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेकी थिइन्।

सेरेनाले सेमिफाइनल यात्राका लागि बुल्गेरियाकी स्भेटाना पिरोनकोभासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोनकोभाले भने फ्रान्सकी एलिज कर्नेटलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेकी थिइन्। छोराकी आमा बनेपछि तीन वर्षको विश्रामपश्चात् पहिलो खेल खेलेकी पिरोनकोभाले ६–४, ६–७ (५–७) र ६–३ ले जित निकालिन्। ‘यो असत्यजस्तै लागिरहेको छ। अहिले पनि मैले विश्वास नै गर्न सकिरहेको छैन,’ जितपछि उनले भनिन्। उनले पछिल्लो पटकको ग्रान्ड स्लाम सन् २०१७ को विम्बल्डन च्याम्पियनसिप खेलेकी थिइन् र जहाँ उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन्।  

यसै वर्षको अस्ट्रेलियन ओपन च्याम्पियन विश्व नम्बर दुई सोफिया केनिन भने मार्टिन्ससँग ६–३ र ६–३ ले स्तब्ध भइन्। मार्टिनले एक घण्टा १४ मिनेटमै खेल आफ्नो पक्षमा बनाउँदै अन्तिम आठमा पूर्वविश्व नम्बर एक भिक्टोरिया अजरिन्कासँगको भेट पक्का गरिन्। बेलारुसकी अजारिन्काले भने चेक रिपब्लिककी कोरिना मुचोभालाई ५–७, ६–१ र ६–४ ले स्तब्ध बनाउँदा दुई घण्टा ३० मिनेट समय खर्चेकी थिइन्। पुरुषतर्फ विश्व नम्बर दुईका थिमले अन्तिम आठको यात्रा सुरक्षित गर्न २० वर्षे क्यानेडेली फेलिक्स अगर एलिएसिमेलाई हराएका थिए। उनले १५औं वरीयताका फेलिक्सलाई ७–६ (७–४), ६–१ र ६–१ ले हराए।  

थिमले अन्तिम आठमा अस्ट्रेलियाका एलेक्स डी मिनाउरविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। एलेक्सले भासेक पोस्पिसिललाई ७–६ (८–६), ६–३ र ६–२ ले हराएका थिए। तेस्रो वरीयताका मेदभेदेभले भने गैरवरीयताका अमेरिकाका फ्रान्स टाइफोईलाई ६–४, ६–१ र ६–० ले सहजै पराजित गरेका थिए। रसियाका मेदभेदेभले पनि अन्तिम आठमा आफ्नै देशका आन्द्रे रुब्लेभसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २४ भाद्र २०७७ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App