२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एम्बाप्पेलाई कोरोना

विश्वकप विजेता टोलीका सदस्य किलियन एम्बाप्पेलाई कोरोना भाइरसको पोजेटिभ संकेत देखिएपछि  सोमबार फ्रान्सेली टोलीबाट बाहिर पाठाइएको व्यवस्थापन पक्षले जनाएको छ।  

उनले नेसन्स लिगमा विश्वकपको उपविजेता क्रोएसियाविरुद्धको खेल गुमाएका हुन्। कोरोना परीक्षण नतिजा नआउँदासम्म एम्बाप्पेले अभ्यासमा सहभागिता जनाएका थिए। यससँगै पेरिस सेन्ट जर्मन (पिएसजी) का सात खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ।

सोमबार प्रशिक्षणपछि कोरोना पुष्टि भएका उनले राष्ट्रिय टिम छाडेका छन्।  अब उनले युइएफए नेसन्स लिगअन्तर्गतको खेल गुमाउने पक्का भएको छ। फ्रान्सले मंगलबार पेरिसमा क्रोएसियाविरुद्ध खेल्दा एमबाप्पे उपस्थित रहेनन्।  

यसअघि उनले शनिबार स्विडेनविरुद्धको खेल खेलेका थिए। उनकै गोलबाट फ्रान्सले जित निकाल्न सफल भएको थियो। एक साताअघि फ्रेन्च लिग वान च्याम्पियन पिएसजीका ब्राजिलियन फरवार्ड नेइमारसहित सात खेलाडीमा कोरोना देखिएको छ। नेइमारसँगै पिएसजीका एन्जल डी मारिया र लिएन्द्रो पारेडेसलाई पनि कोरोना संक्रमण भएको थियो।

लिस्बनमा भएको च्याम्पियन्स लिगको फाइनलपछि स्ट्राइकर नेइमार, डी मारिया र अन्य पिएसजीका खेलाडी छुट्टी मनाउन बाहिरिएका थिए। जसका कारण उनीहरूलाई कोरोना संक्रमण भएको शंका गरिएको छ। 

प्रकाशित: २४ भाद्र २०७७ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App