१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

रैना गुमाउँदै चेन्नई

चेन्नई सुपर किङ्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्ना महत्वपूर्ण ब्याट्सम्यान सुरेश रैनालाई गुमाउने भएको छ। एक खेलाडीमा कोरोना पुष्टि भएको एक दिनपश्चात् नै व्यक्तिगत कारणले रैनाले यस सिजनको आइपिएल गुमाउने चेन्नईले शनिबार जनाएको हो। कोरोना पुष्टिका कारण अहिले चेन्नईका दुई खेलाडी क्वारेन्टिनमा छन् र चेन्नईलाई तीन पटक आइपिएल च्याम्पियन बनाउन सफल रैनाले आगामी सेप्टेम्बरमा सुरु हुने यस संस्करणमा पनि खेल्ने छैनन्। कोरोना महामारीका कारण प्रभावित आइपिएल सिजन सञ्चालमा ढिलाइ भएपछि संयुक्त अरब इमिरेट्स (युएई) सारिएको छ। युएई पुगेपछि सबै टोलीले सात दिनको क्वारेन्टिन पिरियड पनि पूरा गरिसकेका छन्।

‘सुरेश रैना व्यक्तिगत कारण भारत फर्किसकेका छन् र उनी यस सिजनका आइपिएलमा उपलब्ध हुने छैनन्,’ चेन्नईले आफ्नो ट्विटरमार्पmत उल्लेख गरेको छ, ‘हामी यो समय सुरेश रैना र उनको परिवारका साथमा छौं।’ सुरेश किन घर फर्किए भन्ने चेन्नईले उल्लेख गरेको छैन। अनुभवी खेलाडी रैनालाई यस सिजन गुमाएसँगै कप्तान महेन्द्रसिंह धोनी र चेन्नईमाथि केही दबाब पर्नेछ। चेन्नईले कोरोना भाइरस संक्रमणबारे भने कुनै भनाइ राखेको छैन। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले नै कोरोना संक्रमण पुष्टि गरेको थियो। बिसिसिआईले कुल १९८८ जनाको कोरोना परीक्षण लिँदा दुई खेलाडीसहित १३ जनामा कोरोना संक्रमण भेटिएको जनाएको थियो, पुष्टि भएका कसैमा पनि कोरोनाको लक्षण भने देखिएको थिएन।

एक रिपोर्टअनुसार अन्य आठ टिमका ११ सदस्य (अफिसियल र स्टाफ) लाई पनि कोरोना संक्रमण भएको छ। यससँगै दुबई उड्नुअघि नै चेन्नईले घरेलु सहरमा अभ्यास गर्ने निर्णय सही थियो भन्ने प्रश्न उठेको छ। आठमध्य चेन्नईले मात्र भारतमा अभ्यास गरेको थियो। गत संस्करण चेन्नईलाई हराउँदै मुम्बई इन्डियन च्याम्पियन बनेको थियो र दुवै टोली फाइनलमा रोमाञ्चक खेल प्रस्तुत गरेका थिए। आइपिएलले अहिलेसम्म आगामी नोभम्बर १० सम्म हुने आइपिएलको खेलतालिका सार्वजनिक गरेको छैन। विश्वकै सर्वाधिक लोकप्रिय र धनी खेल आइपिएलको यस सिजन गत मार्चदेखि सुरु हुने कार्यक्रम थियो, तर महामारी पैmलिँदै गएपछि प्रभावित हुन पुग्यो।

सुरेश किन घर फर्किए भन्ने चेन्नईले उल्लेख गरेको छैन। अनुभवी खेलाडी रैनालाई यस सिजन गुमाएसँगै कप्तान महेन्द्रसिंह धोनी र चेन्नईमाथि केही दबाब पर्नेछ।

प्रकाशित: १४ भाद्र २०७७ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App