१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अश्वेतमाथि गोलीप्रहारको विरोध: ओसाकाद्वारा नाम फिर्ता

जापानकी नाओमी ओसाकाले अमेरिकामा अश्वेत नागरिकमाथि भएको गोलीप्रहारको विरोध जनाउँदै बिहीबार डब्लुटिए वेस्टर्न एन्ड साउथर्न ओपनको सेमिफाइनलबाट नाम फिर्ता लिएकी छन्।

गत आइतबार दुई स्थानीय प्रहरीले विस्कनसेनमा अश्वेत नागरिक ज्याकोब ब्ल्याकमाथि गरेको गोली प्रहारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ। दुई ग्रान्ड स्लाम विजेता ओसाकाले अश्वेत नागरिकमाथि भएको अमानवीय व्यवहारविरुद्ध विरोध जनाउँदै सेमिफाइनल खेलबाट आफ्नो नाम फिर्ता लिएकी हुन्। युवा स्टार ओसाकाले सेमिफाइनलमा बेल्जियमकी इलिज मर्टिन्ससँग खेल्ने समीकरण थियो। यद्यपि, ओसाकाले नाम फिर्ता लिएपछि मर्टिन्सले फाइनलमा स्थान बनाइन्। यी दुवै सोमबारदेखि यसै मैदानमा सुरु हुने युएस ओपन पनि खेल्दै छन्।

‘म एउटा खेलाडी हुनुभन्दा पहिला अश्वेत महिला पनि हुँ। अश्वेत महिला भएकाले टेनिस खेल्नुभन्दा बढी यस्ता घटनाप्रति तत्कालै ध्यान दिनुपर्छ,’ ओसाकाले भनिन्, ‘मैले टेनिस नखेल्दैमा सबै कुरा बदलिन्छ भन्ने छैन, तर एक खेलाडी हुनुको नाताबाट बहस सुरु गराउँदा केही मानिस एकै दिशामा देखिन्छ भने मैले पनि प्रयास थाल्नुपर्छ।’ उनको त्यो कदम आइतबार केनोसामा हिँडिरहेका अफ्रिकन अमेरिकी ज्याकोबमाथि भएको गोली प्रहारविरुद्धमा थियो र नेसनल बास्केटबल लिग (एनबिए) क्बल मिलवौकी बक्सले पनि बुधबारको प्लेअफ खेल बहिष्कार ग-यो।  

एनबिएले पनि बुधबारको सबै प्लेअफ खेल स्थगित ग¥यो। मेजर लिग बेसबल र महिलाको एनबिए क्लबले पनि त्यसै अनुसरण गरे। ‘पुलिसबाट भइरहेको अश्वेतको नरसंहारले मलाई धेरै बिरामी बनाइरहेको छ,’ ओसाकाले भने, ‘हरेक पटक यस्तो घटना बाहिर आइरहेको छ। यस्तो दुखित क्षण कहिले रोकिन्छ होला ?’ आफ्ना तीन सन्तानसँगै कारमा बस्ने क्रममा २९ वर्षे ज्याकोबमाथि पछाडिबाट सात गोली प्रहार भएको थियो। उक्त घटनापछि अमेरिकाको कयौं सहरमा प्रदर्शन भयो र त्यस प्रदर्शनबाट दुई मानिसको मृत्यु हुँदा कयौं घाइतेसमेत भएका छन्।  

अश्वेतमाथि भएको विभेदको एक घटना सेलाउन नपाउँदै अर्को घटना पनि घटेको छ। केही महिनाअगाडि मात्र अमेरिकामा प्रहरीले अश्वेत जर्ज फ्लोएडमाथि लगातार आठ मिनेटसम्म घुँडाले घाँटी थिचिरहँदा उनको मृत्यु भएको थियो र त्यो घटनाले अमेरिकामा ठूलो हिंसात्मक आन्दोलनसमेत भएको थियो। ज्याकोबका पिताले आफ्नो छोराको कम्मरको तल्लो भाग नै नचल्ने अवस्थामा रहेको बताएका थिए। चिकित्सकले पुनः ज्याकोब हिँडडुल गर्न सक्ने अवस्था भएमा त्यो चामत्कारिक नै हुने बताएका छन्।

सेमिफाइनलमा समीकरण
वेस्टर्न एन्ड साउथर्न ओपनको पुरुष र महिला दुवैतर्पm सेमिफाइनल समीकरण पूरा भएको छ। पुरुषतर्पmको सेमिफाइनलमा विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिच र स्पेनका रोबेर्टो बाटिस्टा तथा ग्रिकका स्टेफानोस सिटसिपास र मिलोस रोओनिच भिड्नेछन्। महिलातर्पm एक सेमिफाइनलमा ओसाकाबाट वाक ओभर पाउँदा बेल्जियमकी मार्टिन्सले फाइनलमा स्थान बनाइन्। अर्को सेमिफाइनलमा भने जोहान्ना कन्टा र भिक्टोरिका एजरिन्काबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १२ भाद्र २०७७ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App