coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कथा मदिराप्रेमी प्रशिक्षकको

१९६८–६९ को सिजनमा पहिलोपटक बायर्न म्युनिखलाई बुन्डेसलिगा उपाधि जिताएका तत्कालीन प्रशिक्षक ब्रान्को जेबेच (तल्लो क्रमबाट बीचमा) । तस्बिर: एजेन्सी

ब्रान्को जेबेच, आफ्नो समयका उम्दा प्रशिक्षकका रूपमा चिनिन्छन्, तर अझै पनि उनको नाम धेरैलाई थाहा छैन।

उनको रणनीति भिन्न थियो। जेबेचले सन् १९६९ मा बायर्न म्युनिखलाई पहिलो पटक बुन्डेसलिगा च्याम्पियन बनाएका थिए, सोही वर्ष जर्मन लिग कप पनि दिलाए। त्यसको १० वर्षपछि ह्याम्बर्गलाई पनि पहिलो पटक बुन्डेसलिगाको उपाधि जिताए।

उनको प्रशिक्षणमा धेरै सुपरस्टार जन्मिए। तीमध्येका एक थिए पाउल ब्रेन्टनर, विश्वकप फाइनलको दुई संस्करणमा गोल गर्ने विश्वका ४ खेलाडीमध्येका एक। ब्रेन्टनर, जेबेचलाई आफूले प्रशिक्षण लिएमध्येका उत्कृष्ट प्रशिक्षकमा चित्रण गर्छन्।  

जाबेचसँग काम गर्न कठिन थियो, कारण उनी आफैंले आफैंलाई एक तानाशाह सम्झन्थे। तर उनी आफ्नो समस्यासँग भने कहिल्यै पनि आफैं जुध्न सक्दैनथे। धेरै पटक उनी खेलदौरान अफिसियल बक्समा निदाएको देखिन्थे भने कहिलेकाहीं खेलपछि हुने पत्रकार सम्मेलनमा मदिराको नशामा उपस्थित हुन्थे र अपाच्य प्रतिक्रिया दिन्थे।

उनले बायर्नलाई कसरी युरोपेली फुटलबलको बलियो टोलीका रूपमा उभ्याए भन्ने भुल्नुहुन्न। तर उनको त्यही मदिरापानको बानीले भने उनको प्रशिक्षक जीवनका साथै उनको जीवन नै सधैंका लागि अन्त्य भयो।

जाबेचलाई सम्झनेहरू विगतमा उनको सकारात्मक पक्षको खुबै चर्चा गर्छन्। तीमध्ये बायर्नका लिजेन्ड गोलकिपर सेप मायर पनि पर्छन्।

खेलका क्रममा मदिरा सेवन गरेर नै प्रशिक्षण बक्समा बसेका ब्रान्को जेबेच ।तस्बिर: एजेन्सी

‘जब उनले बायर्नलाई सन् १९६९ मा बुन्डेसलिगाका साथै जर्मन लिग कप गरी दोहोरो उपाधि दिलाए, त्यो नै आज बायर्नलाई एक सफल क्लबमा उभ्याउने सुरुआती बिन्दु थियो,’ मायर सम्झन्छन्, ‘बायर्नलाई स्थापित क्लबका रूपमा उभ्याउन जाबेकको भूमिका अहम् छ। उनले जग बसाए र बायर्नलाई एक शीर्ष क्लबको हैसियत दिलाए। उनी रणनीतिमा अब्बल थिए।’

सन् १९६८÷६९ सिजनमा बायर्नले बुन्डेसलिगा र जर्मन लिग कप गरी दोहोरो उपाधि जित्छ भनेर कसैले कल्पना गरेको थिएन र त्यो यात्रा अविश्वसनीय थियो।

‘बायर्नलाई स्थापित क्लबका रूपमा उभ्याउन जाबेकको भूमिका अहम् छ। उनले जग बसाए र बायर्नलाई एक शीर्ष क्लबको हैसियत दिलाए। उनी रणनीतिमा अब्बल थिए।’

त्यति बेला बार्यनलाई शीर्ष क्लबको रूपमा लिइँदैनथ्यो। सन् १९३२ मा जर्मन लिगको उपाधि जितेपछि बायर्नले कहिल्यै पनि सो सफलता हात पार्न सकेको थिएन। बायर्नका अध्यक्ष वेलहेम न्युडेक्टरले क्रोएसियाली प्रशिक्षक जोबेचलाई नियुक्त गरेपछि भने बायर्नले छोटो समयमा काँचुली फेरेको थियो।

त्यति बेला ३९ वर्षे जाबेचलाई न्युडेक्टरसँगै ज्लाट्को काज्भोस्कीले पनि सिफारिस गरेका थिए। यी दुई खेलाडी १९५० को दशकमा युगोस्लाभियाका उत्कृष्ट खेलाडी थिए। जाबेचकै कप्तानीमा युगोस्लाभियाले सन् १९५८ को विश्वकप खेलेको थियो। न्युडेक्टर बायर्नलाई एक दाबेदार टोलीका रूपमा उभ्याउन चाहन्थे, तर उनी पनि जाबेचको निर्णयक्षमताले चकित थिए। बायर्न परिवर्तन भयो। जाबेचले अग्रपंक्तिभन्दा रक्षापंक्तिमा सधैं जोड दिन्थे। यद्यपि सोही (सन् १९६८ ६९) सिजन बायर्नका स्ट्राइकर गर्ड मुलरले बुन्डेसलिगाको ३० खेलमा ३० गोल गर्दै आफूलाई उत्कृष्ट खेलाडीका रूपमा उभ्याए।

बायर्नले दोस्रो स्थानको एलेमान्निया आचेनलाई ८ अंकले पछि छोड्दै पहिलो पटक बुन्डेसलिगा उपाधि जित्यो।  

‘त्यो निकै अचम्मलाग्दो क्षण थियो। उनले सिजनभर मात्र १३ खेलाडीको प्रयोग गर्दै बायर्नलाई लिग च्याम्पियन बनाएका थिए,’ राइमन्ड हिन्कोले भने, ‘उनका लागि फिटनेस पहिलो प्राथमिकता थियो। उनी खेलाडीलाई लामो दूरीको दौडमा सहभागी गराउन दबाब दिन्थे, हिउँ पर्दा पनि। यस्तो लाग्थ्यो, खेलाडी अभ्यासकै क्रममा बेहोस हुन्छन्। ब्रान्को छुट्टै स्वभावका व्यक्ति थिए, जसलाई सहजै कसैले पनि चिन्न सक्दैनथे। उनी मदिरामा सधैं लिप्त हुन्थे।’

सो समय धेरै प्रशिक्षक मदिराका सौखिन थिए, त्यसैले बायर्नले जाबेचको यही बानीमा केही कदम चालेन। उनको मजाक उडाइन्थ्यो। सन् १९७० मा प्यानक्रियाटिकको शल्यक्रियापछि जाबेचलाई चिकित्सकले मदिरापान नगर्न चेतावनी दिएका थिए। तर पनि उनले त्यसलाई गम्भीर रूपमा लिएनन्।

‘हामी उनलाई सम्मान गथ्र्याैं, चाहे उनी होसमा हुन् वा मदिराको नशामा,’ ब्रेटनर सम्झन्छन्, ‘हामी उनको प्रशिक्षणमा खेल्न पाउँदा भाग्मानी ठान्थ्याैं। जाबेक उत्कृष्ट प्रशिक्षक थिए। उनीसँग काम गर्न कठिन थियो तर त्यही कठिनाइले धेरै खेलाडीको क्षमता निखारेको  थियो। उनले सबैलाई समान व्यवहार गर्दथे। स्टार खेलाडी र नयाँ खेलाडी भनेर छुट्याउँदैन थिए। उनी तानशाहजस्ता देखिन्थे तर खेलाडीले शतप्रतिशत खेल्नुपर्छ भन्ने पक्षका लागि मात्र। उनको आनीबानीको अनुमान लगाउन सहज थिएन। उनी कहिलेकाहीं दिनकै दुई पटक अभ्यासका लागि बोलाउँथे, तर आफू भने आउँदैनथे। हामी कफी खाएर रमाइलो गथ्र्याैं। उनको समस्या सबैलाई थाहा थियो तर कसैले पनि त्यो समस्या हल गर्ने कहिल्यै सल्लाह सुझाव भने दिएनन्।’

सन् १९७० मा बायर्नले जाबेकलाई बर्खास्त ग-यो, कारण उनले सबै निर्णय आफैं गर्न रुचाउँथे, क्लबको सुन्दैनथे। तर उनी बर्खास्तमा परे लगत्तैको सिजनमा बायर्नले उपाधि रक्षा गर्न सकेन। बोरुसिया मोन्चेनग्लाडबाचले गुन्टर नेट्जरको प्रशिक्षणमा लिगको पहिलो उपाधि जित्यो। ८ वर्षपछि नेट्जर ह्याम्बर्गको स्पोर्टिङ डिरेक्टर भए र उनले जाबेचलाई प्रशिक्षकका रूपमा भित्र्याए। जाबेचले सोही सिजन ह्याम्बर्गलाई पनि पहिलो पटक बुन्डेसलिगा च्याम्पियन बनाए। अघिल्लो सिजन १०आंै स्थानमा बसेको टोलीलाई नयाँ विजेता बनाउँदै टोली रेलिगेसनमा पर्छ भन्नेको मुखसमेत बन्द गराए। ह्याम्बर्गमा दोस्रो सिजन बस्दा उनले क्लबलाई सन् १९८० को युरोपियन कप नजिक पु-याएका थिए। मड्रिडमा भएको फाइनलमा जर्मन च्याम्पियन नटिङ्घम फरेस्टसँग निराश भएको थियो।

ह्याम्बर्गले बुन्डेसलिगामा बोरुसिया डर्टमन्डको सामना गर्र्दै थियो। ह्याम्बर्ग मैदानमा जाँदा उनी टोलीको बसमा देखिएनन्। किनभने उनी अघिल्लो रातकै मदिराको नशामा निदाइरहेका थिए। निद्राबाट ब्यँुझिएपछि जाबेचले डर्टमन्डको मैदानसम्म आफैं कार चलाएर जाने निर्णय गरे। त्यहाँको प्रहरीले रोकेर रगत जाँच गर्दा  उनको रगतमा अल्कोहल लेबल ३.२५ थियो। यो अत्यधिक हो,जसबाट मानिसको ज्यानैसमेत जाने गर्दछ। जाबेच जासोतसो अर्को ट्याक्सी लिएर मैदान पुगे। उनलाई खेल चलिरहँदा बेन्चमा बस्न पनि अनुमति दिइयो। त्यो नै घातक निर्णय थियो, किनभने उनी त्यहाँ निदाइरहेको तस्बिर धेरै आलोचित बन्यो। बारम्बार सम्झाउँदा समेत जाबेचले आफ्नो बानीमा सुधार ल्याएनन् र क्लबले उनीसँगको सम्झौता अन्त्य गर्ने चेतावनी दियो। सन् १९८० मा जाबेच पत्रकार सम्मेलनमा मदिरामा मस्त भएर प्रवेश गरेनन् मात्र नेट्चरलाई समेत धकेल्न भ्याए।

उनको यही मदिरापान गर्ने बानीले उनलाई सफलताको उचाइबाट शून्यमा झारिदियो। सन् १९८८ मा ५९ वर्षको उमेरमा उनको निधन भयो। उनले धेरै फुटबलरको मन जिते तर मदिरापानले भने उनलाई नै जित्यो।
बिबिसी

प्रकाशित: २ भाद्र २०७७ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App