१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एन्फालाई समन्वयमा काम गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलावालले फुटबल विकासका लागि एन्फाले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने सल्लाह दिएका छन्।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यलय (एन्फा) ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सदस्यसचिव सिलवालले एन्फालाई ठोस कार्ययोजना बनाएर परिषद्सँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरेका हुन्। सिलवालले ‘ए’ डिभिजन लिगका क्लबलाई मैदान निर्माणमा सहयोग गर्ने आश्वासन पनि दिए।  

‘फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ एन्फा र परिषद् मिलेर अगाडि जानुपर्छ,’ सदस्यसचिव सिलवालले भने, ‘त्यसका लागि एन्फाले ठोस योजना बनाएर आउनुहोस्, सहयोगका लागि म तयार छु।’

सिलवालले खेलकुदमा सफलता समग्र टिमको भएको भन्दै मिहिनेत आवश्यक भएको सिलवालले थपे । ‘खेल भनेको समग्र टिमको मिहिनेतबाट प्राप्त हुने हो,’ सिलवालले थपे, ‘खेलमा सफलता हात पार्न पूर्वाधार, प्रतियोगिता र खेलाडी आवश्यक हुन्छ। स्तरीय प्रतियोगिता, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउनका लागि ट्यालेन्ट हन्ट गर्दै नयाँ प्रतिभाको खोजी गर्नुपर्छ।’

हाल कुनै पनि ‘ए’ डिभिजन लिगको क्लबमा मापदण्डसहितको फुटबल मैदान नभएको अवस्थामा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल विकासका लागि परिषद्बाट सहयोगको अपेक्षा राखे। सोमबारकै कार्यक्रममा उपस्थित भएका उपाध्यक्ष शिव कोइरालाले एकअर्काका कमजोरीलाई सच्याउँदै अगाडि बढ्न सके मात्र खेलकुदको विकासले गति लिने धारणा राखे।  

राखेपमा सदस्यसचिव र उपाध्यक्षले पदभार ग्रहण गरेको भोलिपल्ट बिहीबार राखेप बोर्डमा ६ सदस्य मनोनीत भएका थिए। ३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले ६ जनालाई मनोनीत गरेका थिए।  नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले राखेपको अध्यक्षमा मन्त्री रहने व्यवस्था गरेको छ।

प्रकाशित: २० श्रावण २०७७ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App