६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

डब्लुटिए पान प्यासिफिक रद्द

जापानमा आयोजना हुँदै आएको एसियाकै शीर्ष महिला टेनिस प्रतियोगिताको रूपमा रहेको डब्लुटिए पान प्यासिफिक ओपन रद्द भएको छ।  

मंगलबार आयोजकहरूले कोरोना भाइरस संक्रमणको त्रास पूर्ण रूपमा नहटेकाले यसै वर्ष नोभेम्बरमा हुने भनिएको प्रयोगिता रद्द भएको जनाएको हो। जापानकी नोआमी ओसाकाले गत संस्करणको डब्लुटिए  पान प्यासिफिक ओपनको उपाधि जितेकी थिइन्।  

सन् १९९४ पछि  पान प्यासिफिक प्रतियोगिता रोकिएको थिएन। कोरोना भाइरस महामारीकै कारण टोकियो ओलम्पिक २०२० पनि एक वर्ष पछि सरिसकेको छ।  

‘हामीले यसअघि पनि सेप्टेम्बरबाट नोभेम्बरका लागि प्रतियोगिता सारिसकेका छांै। हामी कोर्टमा समर्थकबिना खेल सञ्चालन गर्न असमर्थ छांै,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो कठिन निर्णय हो र हामी प्रतियोगिता रद्द गर्ने निर्णयमा पुगेका छौं।’

गत वर्ष ओसाकाले प्रतियोगिता जितेपछि जापानी क्रेज पुनः यस प्रतियोगितामा फर्किएको थियो। सन् १९९५ मा किमोकोले जितेपछि पान प्यासिफिक ओपनको उपाधि जित्ने ओकासा पहिलो जापानी महिला खेलाडी हुन्।  

गत साता एटिपी र डब्लुटिएले चीनमा आयोजना हुने संघाई मास्टर्स र डब्लुटिए फाइनल पनि रद्द गर्ने निर्णय गरेका थिए। चीनले कोरोना भाइरसको माहामारीका कारण सन् २०२० मा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नगर्ने घोषणा गरेपछि एटिपी र डब्लुटिएको निर्णय आएको हो।

प्रकाशित: १४ श्रावण २०७७ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App