coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रियाल लेगानेससँग अंक बाँड्न बाध्य

करिम बेन्जेमा

एक खेल बाँकी रहँदै स्पेनिस ला लिगाको च्याम्पियन बनेको रियाल मड्रिडले आइतबार लेगानेससँग २–२ को बराबरी खेल्दा महामारीपछि सुचारु भएको लिगमा पहिलो पटक अंक गुमाएको छ।  

लेगानेसको घरेलु मैदानमा बराबरी खेल्दै अंक बाँडेको हो। नाटकीय खेल प्रदर्शन गरेको लेगानेसविरुद्ध रियालले दुई पटकसम्म लिएको अग्रतालाई जोगाउन सकेन। बराबरीपछि पनि लेगानेस रेलिगेसन संकट टार्न असफल भयो। जित निकालेको खण्डमा लेगानेस रेलिगेसनबाट जोगिने सम्भावना रहेको थियो। एक स्थान माथि रहेको सेल्टा भिगोलाई बराबरी नतिजाले फाइदा पुग्यो। एक अंक मात्र बढी रहेको सेल्टा भिगो रेलिगेसनबाट जोगिन पुगेको हो। लिगको अन्तिम खेलमा सेल्टाले आइतबारै स्पानियोलसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न पुगेको थियो। स्पानियोलले भने तालिकाको अन्तिम स्थानमा रहँदै लिगको समापन गरेको छ।  

खेलमा रियाल मड्रिडले सर्जियो रामोसको गोलबाट सुरुआती अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा लेगानेसका ब्रायन गिलले बराबरी गोल फर्काउँदा ५२औं मिनेटमा मार्को एसेन्सियोले गोल थप्दै रियाललाई पुनः अग्रता दिलाएका थिए। तर घरेलु मैदानमा अनुभवी खेल देखाएको लेगानेसले ७८औं मिनेटमा रोजर आस्लेको गोलबाट खेल पुनः बराबरीमा ल्याएको थियो। रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरेको लेगानेसले बाँकी समयमा गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन। बराबरी नतिजा पर्याप्त नहुँदा लेगानेस एक अंकले पछि पर्दै रेलिगेसन क्षेत्रमा लिग समापन गर्न बाध्य बन्यो।  

बराबरी नतिजापछि करिम बेन्जेमाको ‘गोल्डेन बुट’ दाबेदारी पनि कमजोर भएको छ। आइतबार नै भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो आल्भेसमाथि ५–० को जित निकाल्दा मेसी दुई गोल गर्दै गोल्डेन बुटका प्रबल दाबेदार भएका हुन्।

लिगको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै समापन गर्ने लक्ष्यमा रहेको रियाल कोरोनापछिका ११ खेलमा स्पष्ट जित निकाल्न असफल रह्यो। महामारीपछि सुचारु लिगमा रहेका ११ खेलमा जित निकाल्दै कीर्तिमान बनाउने लक्ष्य बराबरी नतिजामा टुंगिएको हो। बराबरी नतिजापछि करिम बेन्जेमाको ‘गोल्डेन बुट’ दाबेदारी पनि कमजोर भएको छ। आइतबार नै भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो आल्भेसमाथि ५–० को जित निकाल्दा मेसी दुई गोल गर्दै गोल्डेन बुटका प्रबल दाबेदार भएका हुन्। मेसीको गोलबाट सानदार जित निकालेका बार्सिलोनाका स्ट्राइकर उनको गोल्डेन बुटको दाबेदारी बलियो भएको हो। मेसीको टोली बार्सिलोनाले आइतबार हात पारेको नतिजाबाट अर्को महिना च्याम्पियन्स लिगमा नेपोलीसँग अन्तिम १६ को दोस्रो लेगमा प्रतिस्पर्धा गर्ने मनोबल बढेको छ।  

आल्भेसमाथि फराकिलो जित निकाल्दा दुई गोल गरेका मेसीले सिजनमा २५ गोल पूरा गरे। उनको यो तथ्याङ्क गोलको रिलेमा रहेका बेन्जेमाको भन्दा ४ गोल बढी हो। खेलमा अन्सु फातीले २४औं मिनेटमा गोल गर्दै बार्सिलोनाको खाता खोलेका थिए। ३४औं मिनेटमा मेसीले टोलीका लागि दोस्रो गोल थप्दा त्यसको दश मिनेटपछि लुइस स्वारेजले गोल गर्दै पहिलो हाफमा भ्रमणकारी टोली बार्सिलोनाले  आल्भेसविरुद्ध ३–० को अग्रता बनाएको थियो। ५७औं मिनेटमा नेल्सन सेमिडोले चौथो गोल थप्दा ७५औं मिनेटमा मेसीले पाँचौं गोल थप्दै जित सुनिश्चित गरेका थिए।  

ला लिगाअन्तर्गत अन्तिम चरणका अन्य खेलमा रियाल भालाडोलिडले रियाल बेटिसलाई २–० ले हराउँदै सुखद अन्त्य गर्दा भिल्लारियालले एइबरलाई ४–० ले स्तब्ध बनायो। ग्रानाडाले एट्लेटिको बिलबाओलाई ४–० ले पराजित गर्दा एट्लेटिको मड्रिडले रियाल सोसिडाडसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो। यस्तै लेभान्टेले गेटाफेलाई तथा सेभियाले भ्यालेन्सियालाई समान १–० ले पराजित गर्दा ओसासुना र मालोर्काले २–२ को गोलको बराबरी खेलेर अंक बाँडे।  

आइतबारको खेलसँगै स्पेनिस ला लिगाको सिजन पूरा भएको छ। रियालले ८७ अंक जोड्दै उपाधि उचाल्दा साबिकको च्याम्पियन बार्सिलोनाले ८२ अंक बटुल्दै दोस्रो स्थानमा चित्त बुझायो। तेस्रो स्थानको एट्लेटिको मड्रिडले ७० अंक जोड्दा समान अंक जोडेको सेभियाले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। 

प्रकाशित: ६ श्रावण २०७७ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App