coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्सनल एफए कपको फाइनलमा

पिएरे इमेरिक औबामेयाङ

पिएरे इमेरिक औबामेयाङको दुई गोलप्रेरित आर्सनल शनिबार पहिलो सेमिफाइनलमा म्यानचेस्टर सिटीमाथि २–० को जितका साथ क्लबको कीर्तिमानी २१औ पटक एफए कपको फाइनलमा स्थान बनाएको छ।

आर्सनल प्रशिक्षक मिचेल अर्टेटाले सिटीविरुद्ध टोलीले उच्च मनोबलका साथ प्रदर्शन गर्दा सुखद नतिजा आएको प्रतिक्रिया दिए। काउन्टर अट्याकको रणनीति बनाएको अर्टेटाको टोलीले सिटीलाई निराश पारेको हो।

आर्सनलले फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल अगस्ट १ मा वेम्बलीमा हुनेछ।

आर्सनलले ६ वर्षअघि एफए कपको उपाधि जित्दा अर्टेटाले टोलीको कप्तानी गरेका थिए। क्लब प्रशिक्षण सम्हालेको पहिलो सिजनै अर्टेटाले टोलीलाई फाइनल प्रवेश गराएका हुन्। आर्सनलले पछिल्लो पटक सन् २०१७ मा एफए कपको उपाधि जितेको थियो।

‘टोलीको लय मिलेको छ, खेलाडीहरूले आफ्नो क्षमतामा पूरा विश्वास गरेका छन्। हामी फाइनल प्रवेशका लागि हकदार टोली हांै,’ अर्टेटाले भने, ‘उत्कृष्ट टोलीलाई पराजित गर्न पाएको अवसर सदुपयोग गर्नुपर्छ र अग्रता जोगाउन सक्नुपर्छ। आज हामीले यही ग¥यांै। मलाई मेरो टोलीप्रति गर्व छ। हामीले यो क्षण हाम्रा समर्थकसँग भने बाँड्न पाएनाैं, त्यसमा भने केही दुख लागेको छ।’

प्रिमियर लिग विजेता लिभरपुललाई पराजित गरेको एक दिनपछि नै आर्सनलले सिटीलाई पनि निराश पारेको हो।

आर्सनलले सिटीसँगको पछिल्लो सात खेल गुमाएको छ। कोरोना भाइरस महामारीका कारण करिब तीन महिना रोकिएको प्रिमियर लिग पुनः सुचारु हुँदाको पहिलो खेलमा आर्सनलले सिटीलाई ३–० को नतिजा सुम्पिएको थियो।

‘हाम्रा लागि यो साता उत्कृष्ट रह्यो, हामीले युरोपकै उत्कृष्ट दुई टोलीलाई पराजित ग-याैं,’ अर्टेटाले भने, ‘यो सधंै भइरहने घटना होइन। मलाई मेरा खेलाडीप्रति विश्वास छ।’

१९औं मिनेटमा औबामेयाङले आर्सनलको गोल खाता खोलेका थिए। खेल सकिन १९ मिनेट बाँकी हुँदा औबामेयाङले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै आर्सनलको फाइनल यात्रा पक्का गरेका थिए।

‘हामीले राम्रो खेलेनाैँ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘हामीले कमजोर सुरुआत ग¥यांै। आर्सनलले रक्षात्मक खेल खेल्दै काउन्टर अट्याकको रणनीति लियो। त्यसले खेल खेल्न कठिन बन्यो। हामी अब च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो लेगका लागि तयारी गर्छोैं।’

सिटी च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा रियाल मड्रिडसँग २–१ ले निराश भएको थियो।

प्रकाशित: ५ श्रावण २०७७ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App